उपभोक्ताले ६८ सेकेन्डमै १ अर्ब डलरको सामान खरिद गरे

चिनियाँ उपभोक्ताले एकै दिन सोमबार १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन् । अलिबाबा कम्पनीको यस विश्वकै सर्वाधिक ठूलो २४–घण्टे यस सपिङ कार्यक्रमको उदघाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्वीफ्टले गर्नुभएको थियो । चीनमा पछिल्ला वर्षहरुमा “वर्षमा एक दिन” ९सिङ्गल्स डे० नामको…

‘बुलबुल’ आँधीका कारण भारत र बंगालादेशका हजारौं सर्वसाधारण प्रभावित

बंगालको खाडीबाट आएको चक्रवत बुलबुल आँधीका कारण भारत र बंगालादेशका हजारौं सर्वसाधारण प्रभावित भएका छन् । आँधीका कारण भारतको पश्चिम बंगालको सागर टापु नजिकै पहिरो गएको बताइएको छ । चक्रवत आँधीका कारण २ जनाको मृत्य भएको बीबीसीले जनाएको छ । आँधीका कारण…

अष्ट्रेलियाको पूर्वी क्षेत्रमा लागेकाे डढेलोका कारण कम्तीमा ३ को मृत्यु, १५० घरमा क्षति

अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाक्लो वस्ती नजिक झाडीबाट सल्किएको डढेलोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १५० घरमा पूर्ण क्षति भएको छ । आगलागीका कारण हजारौँ नागरिक विस्थापित भएका बताइएको छ । वस्ती वरपर लागेको डढेलोका कारण सामुद्रिक शहर फोस्टर र…

इरानमा भूकम्प, पाँच जनाको मृत्यु, १२० जना घाइते

इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ । स्थानीय समयाअनुसार शुक्रबार बिहान २ः१७ बजे गएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले जानकारी दिएको छ । भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु भएको र अरु १२० जना…

भारतद्वारा नेपालको दाबी अस्वीकार, नेपालको भू-भाग नमिचिएको भारतको जिकिर

भारतले जारी गरेको नक्सालाई लिएर नेपालमा चर्को विरोध भएपछि आफ्नो नक्सामा नेपाली भू-भाग परेको भन्ने नेपालको दावीलाई भारतले ठाडै अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा नयाँ नक्सामा नेपालसंगको सीमा परिमार्जन समेत नगरिएको दाबी भारतको छ ।…

अमेरिकाले नेपाललाई निरन्तर सघाउने

अमेरिकाले नेपालको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अर्थमन्त्री युवराज खतिवडासँग आज अर्थमन्त्रालयमा भएको शिष्टाचार भेटमा अन्तरराष्ट्रिय विकासका निम्ति अमेरिकी सहयोग नियोग ९युएसएआइडी० को एशिया विभागका सहायक प्रशासक ग्लोरिया स्टेलीले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले…

‘नेपालमा व्यापक भ्रष्टाचार, अन्तर्राष्ट्रिय आतंककारीहरूकाे विन्दु’ – अमेरिका

संयुक्त राज्य अमेरिकाले नेपालमा व्यापक भ्रष्टाचार हुने औँल्याएको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको कन्ट्री रिपोर्ट्स अन टेरोरिज्म २०१८ प्रतिवेदनले नेपालमा व्यापक भ्रष्टाचार हुने औँल्याएको हो । प्रतिवेदनमा नेपाल अन्तर्राष्ट्रिय आतंककारीहरूको लागि बाटो भएकाे र रहिरहन सक्नेु खतरा पनि औँल्याएको…

बृक्षारोपण अभियानका लागि ६० हजार सेना परिचालन गर्दै चिन

चीनले बृक्षारोपण अभियानका लागि ६० हजार सेना परिचालन गरेको छ । प्रदूषण घटाउनको लागि भन्दै चीनले बृक्षारोपण सुरु गरेको हो । बृक्षारोपण अभियानका लागि चीनले जनमुक्ति सेनाका साथसाथै सशस्त्र प्रहरीबाट पनि जनशक्ति झिकाउने बताइएको छ । यी जनशक्तिको ठूलो हिस्सालाई बेइजिङलाई घेरेर…

नयाँ दिल्लीमा बढ्दो प्रदुषणले जनजीवन अप्ठेरोमा, विद्यालय बन्द

एजेन्सी, नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीमा बढ्दो वायु प्रदुषणका कारण यहाँको जनजीवन थप अप्ठेरोमा पर्न थालेका समाचारहरु आएका छन् । आइतबारजस्तै आज सोमबार पनि वातावरण प्रदुषणको मात्रा झन् बढेकोले विद्यालय बन्द गरिएका छन् भने सडकमा पर्याप्त मात्रामा सवारी साधनहरु पनि सञ्चालनमा…

भारतमा बायु प्रदुषणको मात्रा उच्च

एजेन्सी, काठमाडौं। राजधानी दिल्लीसहित उत्तरी भारतमा बायु प्रदुषणको मात्रा उच्चबिन्दुमा पुगेको छ । दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा हावा सास फेर्ने नसकिने अवस्थामा पुगेको बताएका छन् । दिल्लीका अधिकांश स्थानको वायु प्रदुषणको स्तरलाई संकटपूर्ण श्रेणीमा राखिएको छ । सो वायुमा सास फेरे…