भारतीय सञ्चार माध्यमले नेपालमाथि गरेको अर्नगल प्रचारप्रति सरकारको गम्भीर चासो, कानूनी उपचार गरिने !

भारतीय सञ्चार माध्यमले नेपालमाथि जारी राखेको अर्नगल प्रचारप्रति सरकारले पनि चासो देखाएको छ । नेपाल र अझ विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओली एवं दलका नेताहरुमाथि भारतीय सञ्चार माध्यमले सुरु गरेको तल्लो स्तरको प्रचारबाजीलाई लिएर सरकारले राजनीतिक र कानूनी उपचार खोज्ने तयारी…

सिन्धुपाल्चोकको बाह्रबीसेमा बाढीबाट २ जनाको मृत्यु र धेरै मानिस बेपत्ता भएकामा राष्ट्रपति र उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकको बाह्रबीसेमा बाढीबाट दुई जनाको मृत्यु र धेरै मानिस बेपत्ता भएकामा आफू मर्माहत भएको बताउनुभएको छ । आज अपराह्न ट्विट गरी राष्ट्रपतिले बाढीले घर र भौतिक संरचनामा क्षति पु¥याएकामा दुःख व्यक्त गर्नाका साथै पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि…

लिम्पियाधुरा क्षेत्रलाई संविधान संशोधनमार्फत नेपाली नक्सामा समेटिएपछि भारतीय मिडियाद्वारा झुठा र अनैतिक प्रचारप्रसार

नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतको क्षेत्रलाई संविधान संशोधनमार्फत नेपाली नक्सामा समेटिएपछि भारतीय मिडियाले झुठा र अनैतिक प्रचारप्रसारमा लागेको भन्दै नेपाली नेताहरूले कडा आलोचना गर्नुभएको छ । नेपाल–भारतबीच पछिल्लो समय भूमिलाई लिएर तीव्र असन्तुष्टि कायम रहेकाबेला भारतीय मिडियाले नेपाल र प्रधानमन्त्री…

समाजवादी पार्टीकी नेतृ सरिता गिरीको सांसद पद चट !

समाजवादी पार्टीकी नेतृ सरिता गिरी आजदेखि सांसद पदबाट मुक्त भएकी छन् । संघीय संसद सचिवालयले गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेसंगै उनी पूर्व सांसद बनेकी छन । पार्टीको ह्वीप उल्लंघन गरेको र नेपालको जारी नयाँ नक्साप्रति असहमति जाहेर गरेको भन्दै…

जनता समाजवादी पार्टी नेपालले औपचारिक रुपमा राजनीतिक दलको मान्यता पायो

जनता समाजवादी पार्टी नेपालले औपचारिक रुपमा राजनीतिक दलको मान्यता पाएको छ । जसपा निर्वाचन आयोगमा दर्ता भएसँगै नयाँ दल बनेको हो । आयोगको बुधबार बसेको बैठकले जसपा दर्ता गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । जसपालाई दल…

प्रवक्ता नारायणकाजी श्रेष्ठको भारतीय मिडियाले अतिशय दुष्प्रचार गरेकोमा आपत्ति

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय मिडियाले अतिशय दुष्प्रचार गरेको भन्दै आपत्ति जनाउनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले भारतीय सञ्चार माध्यमले नेपाल सरकार र प्रधानमन्त्रीबारे अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाउनुभएको हो । ट्विटरमा उहाँले लेख्नुभएको छ, ‘भारतीय…

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक शैलेश थापाक्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक शैलेश थापाक्षेत्रीलाई गृह मन्त्रालयमा बिहीबार बिहान आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृहसचिव महेश्वर न्यौपानेले महानिरीक्षक थापाक्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । थापा क्षेत्रीलाई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले यही २३ गते प्रहरी…

सिन्धुपाल्चोकमा बाढिले पु¥याएको जनधनको क्षतिप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

हिजो मध्यरातमा सिन्धुपाल्चोकको भोटेकोसी र अन्य साना नदिमा आएको बाढिले पु¥याएको जनधनको क्षतिप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । बाढीमा परेर हालसम्म २ जनाको मृत्यु, २ जना गम्भीर घाइते र १४ जना हराइरहेको र अरनीको राजमार्ग समेत अवरुद्ध भएको छ ।…

नेकपा अध्यक्षद्वयबीच चर्काचर्की, “प्रधानमन्त्री र अध्यक्षमा एउटा पद त छाड्नुस्” – प्रचण्ड

नेकपा अध्यक्षद्वयबीच चार दिनयता जारी छलफल बुधबार आएर झनै बिग्रिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच अब बिहीबार छलफल हुन्छ/हुन्न भन्ने टुंगो पनि छैन। आइतबार आरोप/प्रत्यारोप चल्यो। सोमबार प्रधानमन्त्री ओली र मंगलबार अध्यक्ष दाहालले आफ्ना कुरा खुलस्त राखे।…

सांसद सरिता गिरीलाई पदबाट निष्कासन गर्न भन्दै समाजवादी पार्टीले संसद् सचिवालयमा पत्र पु-यायो

सांसद सरिता गिरीलाई पदबाट निष्कासन गर्न भन्दै समाजवादी पार्टीले संसद् सचिवालयमा पत्र पु-याएको छ । बुधबार समाजवादी पार्टी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ गिरीलाई सांसदबाट निष्कासन गर्ने पत्र लिएर सचिवालय पुग्नुभएको हो । अब सभामुख अग्नी सापकोटाले…