इनरुवा नगरपालिका कार्यालयको गेटमा स्थानीयले लगाए ताला

सडक निर्माणको विषयलाई लिएर आन्दोलित स्थानीयवासीले इनरुवा नगरपालिका कार्यालयको गेटमा तालाबन्दी गरेका छन् । बाटो निर्माणमा ढिलाई भएको भन्दै आक्रोसित बजार क्षेत्रका स्थानीयले नगरपालिकाको मूल गेटमा ताला लगाएका हुन् । स्थानीयले लगाएको ताला सुरक्षाकर्मीको उपस्थितिमा नगर प्रहरीले खुलाएपनि बजार क्षेत्रमा जारी नगरवासीको…

द्रुतमार्गमा सुरुङ र ठूला पुलबाहेक सबै काम नेपाली सेनाले गर्ने

बहुचर्चित राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक)को डीपीआर स्वीकृत भएयता अलमलमा रहेको सेनलो अब नयाँ अवधारणअनुसार गति अघि बढाउने भएको छ । सेनाको नयाँ अवधारणअनुसार सेना आफैंले तीन सुरुङ र केही ठूला पुलबाहेक सडक कालोपत्रे, नाला, कल्भर्ट, पर्खाल र अन्य पुलहरु…

बैतडी र दार्चुलामा भूकम्पकाे धक्का महसुस

भारत केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको चार दशमलव छ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी र दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो । भूकम्प…

आलेख – सीमा स्तम्भ अनुगमन गर्नै मुश्किल !

भारतसँग सीमा जोडिएको वडा हो, कञ्चनपुरको पुनर्बास नगरपालिका–९ बिचफाँटा । स्थानीय तहको निर्वाचनपछि वडाध्यक्ष चुनिनुभएका नारायणप्रसाद जैशीले गाउँ छेउमै रहेको प्यारातालपारि (भारततर्फको) मुख्य सीमा स्तम्भ नं १९५ अवलोकन गर्न पाउनुभएको छैन । भारतले लामो समयदेखि पुनर्बासमा रहेको प्यारातालमा स्वामित्व खोजिरहेको भए पनि…

बिरामी छोरो छोडेर सिमाना जोगाउन जनता जगाउँदै जीवन शर्मा

जनगायक जीवन शर्माका माइला छोरा अमृत यतिबेला काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा छन्। गत दसैंमा मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर अमृतको अन्न नलीमा जटिल समस्या देखिएको थियो। उनको उपचारमा ५० लाखभन्दा बढी खर्च हुने बताइएको छ। अमृतको यो अवस्था देखेपछि उनलाई बचाउन…

जाजरकोटका स्थानीय तहले ३३ वटा नयाँ सडकको ट्र्याक खोले

यहाँका स्थानीय तहले आर्थिक वर्ष २०७५÷७६ मा २१५ किलोमिटर सडक नयाँ ट्र्याक खोलेको बताएका छन् । स्थानीय तहले आफ्नै लगानीमा जिल्लाका सातै वटा स्थानीय तहले २१५ किमी सडकको ट्याक खोलेका हुन् । गाउँगाउँमा कच्ची सडक निर्माण गर्ने मुख्य उद्देश्य बनाएका जाजरकोटका स्थानीय…

सीमा रक्षाको लागि धादिङमा पनि विरोध प्रदर्शन

भारतले सीमा अतिक्रमण गरी नयाँ नक्सा सार्वजनिक गरेको विषयमा धादिङबेसीमा नेपाल विद्यार्थी संघले भारतविरुद्ध प्रदर्शन गरेको छ । नीलकण्ठ क्याम्पस चोकबाट निस्केको विद्यार्थीको जुलुस बीचबजार हुँदै पुछारबजारमा पुगेर कोणसभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै नेविसंघ धादिङका अध्यक्ष इश्वर अधिकारीले…

भारतको नयाँ नक्शा विवाद – इनरुवामा पनि भारत सरकारविरुद्ध बिरोध प्रर्दशन

नेपाली भू-भाग मिचेको विषयलाई लिएर सुनसरीको इनरुवामा समेत भारत सरकारविरुद्ध बिरोध प्रर्दशन गरिएको छ । कालापानीको मुद्धालाई लिएर देशभर आन्दोलन छेडिदा इनरुवामा समेत भारत बिरोधि प्रर्दशन गरिएको हो । स्थानीय युवाहरुको अगुवाईमा निकालिएको -यालीमा नगरवासीले समेत सहभागिता जनाएका थिए । शान्तिचौकबाट सुरु…

भारतले नेपालको भूमि मिचेको विरोधमा प्रदर्शनमा उत्रिएका १२ भन्दा बढी प्रहरी नियन्त्रणमा

भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमिलाई समेटिएको विषयको विरोधमा माइतीघरस्थित प्रदर्शनमा उत्रिएका केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार प्रदर्शनमा सहभागी भएका १२ जना भन्दा बढीलाई नियन्त्रणमा लिएको छ । भारतले नेपाली भूमि मिचेको विरोधमा राष्ट्रवादी केन्द्र नेपालले प्रदर्शन कार्या आयोजना…

झोलुङ्गे पुल निर्माणपछि १ लाख स्थानीयवासीको जोखिमपूर्ण यात्रा सहज

बर्दिया जिल्लाको बनियाभार, पदनाहा, सानोश्री, ताराताललगायत साविकका गाविस तथा बारबर्दिया र मधुवन नगरपालिका सिमानाका स्थानीयवासीलाई सदरमुकाम आवतजावत गर्ने भरपर्दो माध्यम झोलुङ्गे पुल निर्माण भएपछि झण्डै एक लाख स्थानीयवासीको जोखिमपूर्ण यात्रा सहज भएको छ । बाढीले आँखै अगाडि नवनिर्मित पुल विसं २०७१ मा…