कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आफ्नो सुरक्षामा खटाइएका ८ जना सुरक्षाकर्मी फिर्ता गरे

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटाइएका ८ जना सुरक्षाकर्मी फिर्ता गरेको बताउनुभएको छ । मुख्यमन्त्री शाहीले आफ्नो स्टकर्टिङमा खटिने प्रहरी (पिएसओ र आर्मी बाहेक) शनिबारदेखि नै फिर्ता गर्नुभएको उहाँका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले पुष्टि गर्नुभएको छ । बुढाथोकीका अनुसार मुख्यमन्त्रीको…

डडेल्धुरामा कोरोना पोजिटिभ देखिएका व्यक्ति सरकारी कर्मचारी

डडेल्धुरामा कोरोना पोजिटिभ देखिएका व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ । शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएका उनी डडेल्धुरा सदरमुकामकै कार्यालयमा कार्यरत रहेको खुलेको हो । डडेल्धुरा अस्पतालमा स्क्रब टाइफसको उपचार गराउन आएका ती व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो । परीक्षणपछि…

व्यासस्थित छाङ्गरु र तिङ्करमा सरकारी कार्यालय स्थापना गर्नुपर्ने माग

त्रिदेशीय सीमा क्षेत्र रहेको व्यासस्थित छाङ्गरु र तिङ्करमा सरकारी कार्यालय स्थापना गर्नुपर्ने माग उठ्न थालेको छ । सामरिक महत्वको व्यास गाउँपालिका– १ मा सरकारी कार्यालयको स्थापना गर्नुपर्ने माग उठेको हो । भारतले कालापानी क्षेत्रमा अतिक्रमण गर्न थालेपछि अहिले यो क्षेत्रमा नेपालको बलियो…

घरमै बसेर सञ्चय कोषबाट विशेष सापटी अनलाइन मार्फत लिन सकिने !

कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का कारण गत चैत ११ गतेदेखि सरकारले लकडाउन लागू गरेसँगै कोषका सेवा बन्द गरिँदै…

आगामी आर्थिक वर्षमा बहुवर्षे योजनालाई निरन्तरता दिन बजेट अपुग हुने

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले आगामी आर्थिक वर्षमा बहुवर्षे योजनालाई निरन्तरता दिन बजेट अपुग हुने बताउनुभएको छ । संसद्को अर्थ तथा विकास समितिद्वारा शुक्रबार आयोजित छलफल कार्यक्रममा प्रदेशसभा सदस्यले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री बस्नेतले आगामी आर्थिक वर्षका लागि बजेट…

दिपायल सिलगढी वडाध्यक्ष राजेन्द्र खड्काले एम्बुलेन्स चलाएर बिरामी अस्पताल पु-याउँदै

एउटा वडाध्यक्षको काम विकास निर्माण र आफ्ना जनताका लागि वडाको क्षेत्राधिकारभित्र पर्ने सेवा दिनु मुख्य जिम्मेवारी हो । दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्का भने आफैँ एम्बुलेन्स चालक बनेर नागरिकको सेवामा लाग्नुभएको छ । वडाध्यक्ष खड्काले आफैँले एम्बुलेन्स चलाएर खुल्लेक गाउँबाट…

पाँचथरका स्थानीय तहले भारतसहित विदेशबाट आउनेको स्वाब परीक्षणपछि मात्रै गाउँ पठाउने

पाँचथरका स्थानीय तहका प्रमुखहरूले भारतसहित विदेशबाट आउने नागरिकलाई स्वाब परीक्षण गरेपछि मात्रै गाउँ पठाउन माग गरेका छन् । जिल्ला समन्वय समितिले हालै फिदिममा आयोजना गरेको भेलामा स्थानीय तहका प्रमुखहरूले विदेशबाट आएकाको स्वाब परीक्षण नगरी गाउँ पठाउँदा उत्पन्न हुने परिस्थिति सामना गर्न कठिन…

प्रदेश- १ मा कोरोना परीक्षणको दायरा बढाएसँगै संक्रमितहरूको संख्य बढ्न थाले – मुख्यमन्त्री राई

प्रदेश- १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस परीक्षणको दायरा बढाएसँगै प्रदेशमा संक्रमितहरूको संख्य बढ्न थालेको बताउनुभएको छ । मन्त्री राईले प्रदेश- १ मा थप २ वटा पिसिआर मेसिनसहित परीक्षण ल्याब सञ्चालनमा ल्याउन लागिएको जानकारी दिनुभयो । उहाँले प्रदेश- १ सरकार कोरोना…

प्रदेश सरकारले छिञ्चुमा स्थापना गर्ने तयारी गरेको कोरोना परीक्षण केन्द्र स्थान विवादका कारण अन्योलमा

प्रदेश सरकारले छिञ्चुमा स्थापना गर्ने तयारी गरेको कोरोना परीक्षण केन्द्र स्थान विवादका कारण अन्योलमा परेको छ । भारतबाट फर्किएकाहरुको पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने उद्देश्यले भेरीगङ्गा नगरपालिकामा स्थापना गर्ने भनिएको परीक्षण केन्द्रको अझै टुङ्गो लाग्न सकेको छैन । प्रदेश सरकारले कर्णाली भित्रिने…

प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधामको प्रादेशिक क्वारेन्टाइनलाई बुधबारदेखि सिल गरियो

प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाम नजीकै बनाइएको प्रादेशिक क्वारेन्टाइनलाई बुधबारदेखि सिल गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको छिमेकी नगराइन नगरपालिका वडा नंं ५ गङ्गुलीमा सञ्चालित प्रादेशिक क्वारेन्टाइनलाई बन्द गरिएको हो । उक्त क्वारेन्टाइनमा बसेका कोरोना शङ्कास्पदमध्ये पटकपटक गरेर पाँच व्यक्तिमा कोरोनाको…