फोहर व्यवस्थापनमा ‘अब्बल’ बन्दै नेपालगञ्ज उपमहानगर

गाडीले लगेर फोहर खसाउँछ, जेसिभीले त्यसलाई फिजाउँछ । कर्मचारीले कुहिने र नकुहिने फोहरलाई छुट्याउँछन् । सीसा, प्लाष्टिक, बोतल, टायर एकातिर राखिन्छ, अरु कुहिने फोहरलाई अर्कोतिर । यी हुन् नेपालगञ्जमा ‘ल्याण्डफिल साइट’ सञ्चालनमा आएपछि फोहर व्यवस्थापनमा देखिने दृश्यहरु । भौतिक पूर्वाधारको विकाससँगै शहरीकरण…

अख्तियारको क्षेत्राधिकार खुम्च्याइँदै

भ्रष्टाचार नियन्त्रणका लागि गठित संवैधानिक आयोगलाई थप संकुचित बनाउने गरी सरकारले दुई ऐनको संशोधन विधेयक संघीय संसद्मा दर्ता गरेको छ । विधेयक जस्ताको तस्तै पारित भए संघीय र प्रादेशिक सरकारले ‘नीतिगत’ आवरणमा गर्ने निर्णयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न पाउनेछैन । सरकारले राष्ट्रिय…

‘अतिक्रमित जमिन फर्काउने अभियानमा सरकार’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अतिक्रमित जमिन फर्काउने अभियानमा सरकार दृढ सङ्कल्पका साथ लागिपरेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारी जमिन व्यक्तिको नाममा दर्ता गर्ने जो…

धनुषाका १३ स्थानीय तहको अनुदान कटौती

धनुषाका १३ स्थानीय तहको अनुदान कटौती गरिएको छ । स्थानीय तहले राजश्व नबुझाएको, समयमा लेखापरीक्षण र परिषद् नगरी लापरबाही गरेका कारण कारबाहीस्वरूप अनुदान कटौती गरिएको बताइएको छ । प्रदेश नं २ को कोष तथा लेख नियन्त्रण कार्यालय (कोलेनिका) जनकपुरका प्रमुख विनोद गेलालका…

मनाेमानी शुल्ककाे विराेधमा प्रजिअलाई ज्ञापन-पत्र

प्रदेश- २ मा रहेका सिटिइभिटीसम्बद्ध कलेजहरुले मनोमानी रुपमा विद्यार्थीबाट शुल्क लिइरहेको भन्दै धनुषाका प्रमुख जिल्ला अधिकारीलाई आइतबार ज्ञापन पत्र बुझाइएको छ । सिटिइभिटीले तोकेको शुल्कभन्दा अधिक सुल्क सम्बद्ध कलेजहरुले उठाउँदा विद्यार्थीहरु आर्थिक मारमा पर्न लागेकाे आन्दोलनरत विद्यार्थीहरुको बुझाइ रहेको छ । उनीहरूले…

प्रशासनसँग छैन अभिलेख !

काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट जारी नेपाली नागरिकताको प्रमाणपत्रको अभिलेख वि.सं. २०३९ देखि २०४३ सम्मको प्रशासन कार्यालयसँग छैन । के कारणले अभिलेख हराएको हो भन्ने विषयमा सो कार्यालयलाई थाहा पनि छैन । नेपाली नागरिकताको प्रमाणपत्रको अभिलेख तत्कालीन अञ्चलाधीश कार्यालयमा पु¥याउँदा २०४६ सालको जनआन्दोलनका…

१० अर्बले घट्यो बाहिरिने रकम

भ्रमणबापत नेपालबाट विदेशिने रकमको बढ्दो प्रवृत्ति बदलिएको छ । विगतमा हरेक वर्ष यस्तो रकम निरन्तर बढिरहेकोमा चालू आर्थिक वर्षको पाँच महिनामा भने यसमा परिवर्तन देखिएको हो । नेपाल राष्ट्र बैङ्कका अनुसार समीक्षा अवधिसम्म यस्तो रकम विगतको तुलनामा करिब १० अर्ब रुपियाँले घटेको…

लगानी भित्र्याउन तयार छौँ – मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा प्रवासी लगानी भित्र्याउन तयार रहेको बताउनुभएको छ । गण्डकी प्रदेशमा लगानी प्रवद्र्धन गर्ने सम्बन्धमा गण्डकी प्रदेश सरकार र गैरआवासीय नेपाली सङ्घबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको गरेका अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा गैरआवासीय नेपालीले लगानी…

प्रदेश-१ का नवनियुक्त चार राज्यमन्त्रीले सम्हाले आ-आफ्नो कार्यभार

मुख्यमन्त्री शेरधन राईको सिफारिशमा प्रदेश नम्बर १ को मन्त्रीमण्डल विस्तार गरिएको छ । मुख्यमन्त्रीको सिफारिशमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले ४ जना राज्यमन्त्रीहरु नियुक्ति गर्नुभएको छ । नयाँ राज्यमन्त्रीहरुको नियुक्तिसँगै प्रदेश नम्बर १ को मन्त्रीपरिषद् एक जना महिलासहित ९ जनाको पुगेको छ…

प्रदेश सभाको पाँचौँ अधिवेशन आजदेखि

प्रदेश नं. ५ प्रदेश सभाको पाँचौँ अधिवेशन आइतबारदेखि बुटवलमा सुरु हुँदैछ । यो अधिवेशनले प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने भएपछि प्रदेशको अस्थायी राजधानी बुटवलका नागरिकले यो अधिवेशनलाई महत्वका साथ हेरेका छन् । प्रदेशको अस्थायी राजधानी रहेको बुटवललाई नै स्थायी राजधानी बनाउने…