नेप्सेमा ३३ अङ्कको वृद्धि

धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा आजको वृद्धिले नयाँ उचाइ कायम गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३३.४३ विन्दुले वृद्धि भई एक हजार ३४३.६५ मा पुगेको…

हिमपातले रसुवा–केरुङ आवतजावत बन्द

हिमपातका कारण नेपाल चीनबीच केरुङको आवतजावत बन्द भएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालका अनुसार चिनियाँ भूभागको अधिकांश सडकमा हिउँ जमेका कारण सवारीसाधन एवं मानिस हिँड्डुल गर्नसमेत बन्द भएको हो । दैनिक रूपमा मालसामान ओसारपसार गर्ने ट्रक तथा…

अन्तःशुल्कमा कमी आएपनि लक्ष्यअनुसार कर सङ्कलन हुन सकेन

अन्तःशुल्कमा कमी आएपनि लक्ष्यअनुसार कर सङ्कलन हुन नसकेको आन्तरिक राजश्व कार्यालय भरतपुरले जनाएको छ । कार्यालयका अनुसार पुस मसान्तसम्ममा रु १५ अर्ब ४३ करोड ९४ लाख ७६ हजार राजश्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ७८ दशमलब ४० प्रतिशतमात्र हुन आउँदछ ।…

बजार – फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । शनिबारको तुलनामा आइतवार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतवार छापावाल सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शनिबार छापावाल सुन प्रतितोला ७४…

साताको शेयर बजार – साढे ६ अर्ब माथिको कारोवार

गत साता धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले उकालो यात्रा तय गर्दै नयाँ इतिहास कायम ग¥यो । बजार उकालो लाग्ने क्रम बढ्दै गर्दा झण्डै डेढ वर्ष पहिलेको अवस्थामा पुग्यो । नेप्सेको उकालो यात्रासँगै बजार एक हजार ३०० विन्दु माथि पुगेर ‘बुलिस…

‘चाहना चिनियाँ मोडलको औद्योगिक क्षेत्र’

मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश ५ ले मोतीपुर, नौबस्ता र घोराहीमा ठूला औद्योगिक क्षेत्र बनाउने योजना अघि सारिएको र तीमध्ये एउटा चिनियाँ मोडलको होस् भन्ने आफुूले चाहेको बताउनुभएको छ । उहाँले सो मनसाय नेपालका लागि चीनका राजदूत होउ यान्छीले बुधबार उहाँसँग गर्नुभएको भेटवार्तामा…

बागलुङमा लगानी भित्र्याउन ठूला उद्यमी इच्छुक

बागलुङ जिल्लामा पहिलोपटक ठूला लगानीकर्ता आकर्षित गर्नका लागि लगानी बहस भएको छ । ठूला उद्योगीलाई बागलुङमा आकर्षित गरी रोजगार सिर्जना गर्ने उद्देश्यले बिहीबार साँझ लगानी बहस कार्यक्रमको आयोजना गरिएको हो । ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ विषयक लगानी बहसमा उपस्थित नेपालकै ठूला तथा…

बजार – नेप्सेमा झिनो सुधार

धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२६ विन्दुले बढेर एक हजार १५५.३७ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.२४ विन्दुले ओरालो लागेको छ । नेप्से सामान्य बढे पनि…

दर्ताविनै चलिरहेका छन् साढे ६ हजार उद्योग

दाङमा अधिकांश उद्योग दर्ताबिनै सञ्चालनमा आएको पाइएको छ । दाङमा सञ्चालित १४ हजार ४२१ उद्योगमध्ये ७ हजार ९०३ उद्योग मात्रै दर्ता भएर सञ्चालनमा आएको जिल्ला तथ्याङ्क कार्यालय दाङले जनाएको छ । कार्यालय प्रमुख तुलसीराम पोख्रेलेका अनुसार अझै पनि ६ हजार ५१८ वटा…