नेपालमा रहेका विदेशी नगरिकलाई उनीहरुकै देश फर्काउन धमाधम चार्टर्ड उडान सुरु

नेपालमा रहेका विदेशी नगरिकलाई उनीहरुकै मुलुक फर्काउन धमाधम चार्टर्ड उडान गरिरहेका छन् । लकडाउनका कारण रोकिएका विदेशीलाई लैजान सम्बन्धित मुलुकको दूतावासमार्फत नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्डसँगको समन्वयमा ती मुलुकले आफ्ना नागरिक चार्टर्ड उडानमार्फत लगिरहेका हुन् । पछिल्लो एकसाता दिनहुँजसो…

मेडिकल सामग्री लिन चीन, अष्ट्रेलिया र न्यूजील्याण्ड पुगेका वाइडबडी फर्किए

मेडिकल सामग्री लिन चीनको ग्वाङ्जाओ तथा अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिक लिएर गएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुवै वाइडबडी ए–३३० जहाज स्वदेश फिर्ता भएका छन् । ग्वाङ्जाओ गएको वाइडबडी त्यहाँबाट मेडिकल सामग्री लिएर आज बिहान २:५७ बजे र अष्ट्रेलियाबाट आएको…

मुलुकमा लकडाउन – रहस्यमयरुपमा आएका १३ विदेशी नागरिक फर्काइए !

सप्तरी जिल्लामा भएको धार्मिकसभामा भाग लिन आएका १३ इण्डोनेशियाली नागरिकलाई महालक्ष्मी र गोदावरी नगरपालिकाबाट फिर्ता पठाइएको छ । कोभिड–१९ का कारण मुलुकमा लकडाउन चलिरहेको अवस्थामा गत चैत १९ गते बिनाजानकारी उनीहरु महालक्ष्मी–४ इमाडोलको अजिजिया मद्रसा मस्जिदमा आइ बसेकामा महालक्ष्मी र गोदावरीका स्थानीयले…

दोहाबाट कतार एयरवेजमा ४ गते नेपाल आएका ३ जनामा कोरोना भेटिएपछि अन्य यात्रुको तीब्र खोजी

दोहाबाट कतार एयरवेजको उडान क्यूआर ६५२ बाट चैत ४ गते ९मार्च १७० नेपाल आएका तीन व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँंगै प्रहरीले सम्पर्कमा नआएका अन्य यात्रुको खोजी तीव्र पारेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशीले सङ्क्रमित तीनैजना…

चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको वाइड बडी जहाज त्यसतर्फ प्रस्थान

छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाज त्यसतर्फ प्रस्थान गरको छ । कोरोना भाइरस (कोडिभ–१९) को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको सो जहाज ग्वाङजाओ उडेको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट…

चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउदैँ नेपाल एयरलाइन्स आज अष्ट्रेलिया उड्दै

चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउदैँ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज अष्टे«लिया उड्दैछ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० आज साँझ ५ः३० बजे मलेसियाको क्वालालम्पुर हुँदै अष्ट्रेलियाको शहर ब्रिश्वेन पुग्ने निगमले जनाएको छ…

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि धमाधम क्वारेन्टाइन निर्माण तीव्र गतिमा !

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले धमाधम क्वारेन्टाइन निर्माण गरिरहेका छन् । देशैभरि क्वारेन्टाइन निर्माण गर्ने जिम्मा स्थानीय तहलाई दिइएको छ । क्वारेन्टाइन व्यवस्थापनको संयोजकको जिम्मेवारी पाउनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थानीय तहले धमाधम क्वारेन्टाइन निर्माण सुरु…

‘टाढाको देउताभन्दा करेसाको भूत काम लाग्छ’ – विपद्को उडान सारथी बन्दै नेपाल एयरलाइन्स

नेपाली समाजमा एक सुपरिचित उखान छ– ‘टाढाको देउताभन्दा करेसाको भूत काम लाग्छ’ । यतिखेर यस उखानलाई चरितार्थ गरिदिएको छ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले । विगतमा देश विपत्तिमा परेका बेलाजस्तै हालको ‘कोभिड १९’ महामारीमा पनि निगमकै जहाजले सेवा दिइरहेका…

एक साता लामो लकडाउन – १ हजार पर्यटक तथा पथप्रदर्शकको उद्धार

एक साता लामो लकडाउन अवधिमा विभिन्न क्षेत्रमा रोकिएका एक हजार ३३० विदेशी पर्यटक तथा नेपाली पथप्रदर्शकको उद्धार गरिएको छ । एक साताका अवधिमा उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डका प्रवक्ता लीला बानियाँका अनुसार लकडाउनपछि १९ पर्यटकीय गन्तव्यमा…

सरकारले आगामी वैशाख ३ गते सम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोकिने

सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोनाका सङ्क्रमणको त्रास कायम रहेको अवस्थालाई ध्यानमा राखेर हवाई उडान रोक्ने निर्णय गरेको हो ।…