मेट्रो रेलको डीपीआर सम्झौता

राजधानीको महाराजगञ्ज (नारायणगोपाल चोक)देखि ललितपुरको सातदोबाटोसम्म मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न रेल विभाग र परामर्शदाता कम्पनीबीच सम्झौता भएको छ । रेल विभाग र चीनको चाइना रेलवे सियुआन कम्पनी लिमिटेड तथा नेपालकै सीईएमएटी कन्सल्ट्यान्ट (जेभी)बीच प्रस्तावित महाराजगञ्जदेखि सातदोबाटोसम्म मेट्रो…

मापदण्ड पुरा नगर्ने एम्बुलेन्स नियन्त्रणमा

मानवीय सेवाका लागि अनुमति लिएर सञ्चालन गरिएका धेरै जसो एम्बुलेन्स नै बिभिन्न ठगी धन्दा र नियम विपरित भएको पाइएको छ । झापामा एम्बुलेन्स सेवा सञ्चालन समितिले गरेको अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो । समितिले झापाको दमक क्षेत्रमा गरेको अनुगमनको क्रममा…

जथाभावी बाटो काटे हजार, ट्याक्सीले मिटरमा जान नमाने १५ हजार जरिवाना

सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई एक हजार रुपैँया जरिवाना प्रस्ताव गरेको छ । मस्यौदामा ट्राफिक प्रहरीको इसारामा उल्लंघन गरेमा तीन हजार, निषेधित क्षेत्रमा हर्न बजाएमा दुई हजार, मोबाइल प्रयोग गरी सवारी…

उपत्यकामा सवारीसाधन व्यवस्थापन तीन तहको रुट प्रणाली

यातायात व्यवस्था विभागले उपत्यकाका सडकहरूलाई तीन तहमा प्राथमिकीकरण गरी रुट प्रणाली तयार गरेको छ तर यसको कार्यान्वयनमा ढिलाइ भएको छ । एक वर्षअघि सवारी साधनको चाप व्यवस्थित गरी ट्राफिक व्यवस्थापनका लागि नयाँ रुट प्रणाली लागू गर्न सडकलाई प्राथमिकीकरणका आधारमा विभाजन गरिएको थियो । रुट…

बाग्मती प्रदेशभरि विद्युतीय बस

बाग्मती प्रदेशभरि विद्युतीय बस चलाउने योजना अगाडि सारिएको छ । काठमाडौँ, धुलिखेल, हेटौँडासहित बाग्मती प्रदेशभरि नै विद्युतीय सवारीसाधन सञ्चालन गर्न प्रदेश सरकार, काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिका तथा टोखा नगरपालिकाका नगर प्रमुखबीच सोमबार हेटौँडा सहमतिसँगै यो योजना अगाडि बढ्ने भएको हो ।…

दुर्घटना बढेपछि सवारीको ‘हुट’ हटाउँदै प्रहरी

सवारीमा अत्यधिक भारका कारण दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले नवलपरासीपूर्व नवलपुरको पहाडी क्षेत्रमा सञ्चालित सवारीको ‘हुट’ हटाउन थालेको छ । पहाडी क्षेत्रमा चल्ने जीपमा जोखिमपूर्ण यात्रा गर्ने क्रम नरोकिएपछि प्रहरीले जीपको ‘हुट’नै हटाउने रणनीति अपनाएको हो । ट्राफिक प्रहरीले नवलपुरको पहाडी क्षेत्रमा…

मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु

फोहर बिसर्जन गर्न नुवाकोटस्थित सिसडोलमा आउँदै गरेको मिनीट्रक आज बिहान काठमाडौँको तार्केश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । फोहर बोकर पासाङल्यामु मार्ग हँुदै नुवाकोटको ओखरपौवातर्फ डम्पिङ क्षेत्र जाने सडकमा बिहान १०ः३० बजेतिर भएको दुर्घटनामा चालक र सहचालकको…

चालक र यात्रु नै दुर्घटनाका कारक

निकै गतिका साथ एकान्तकुनाबाट कलङ्कीतर्फ हुइँकिँदै गरेको बसले धोबीघाटको आकाशे पुलमुनि घ्याच्चै ब्रेक लगाउनुप¥यो । बिहीबार बिहान १० बजेको घटना हो यो । विस्तार गरिएको चक्रपथको धोबीघाट–एकान्तकुना खण्डमा आकाशे पुल हुँदाहुँदै पैदल यात्रुले पुलमुनिबाटै बाटो काट्न खोज्दा बा. ५ ख ४३५२ नम्बरको…

उपत्यकामा सडक दुर्घटनामा पाँच महिनामा ७६ को मृत्यु

सोमबार बिहानै सुकेधारा बस्ने गोरखाकी २१ वर्षीय सृष्टि पन्तलाई बसले ठक्कर दिँदा मृत्यु भयो । सुकेधाराबाट चाबहिलस्थित पशुपति क्याम्पस पढ्न बिहानै बस कुरेर बसेकी सृष्टिको नयाँ बसपार्क भक्तपुर रुटमा चल्ने बा४ख ५९२० नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा मृत्यु भएको हो । सृष्टिको…

चीनले नेपाल प्रहरीलाई दियो २३ मोटरसाइकल

नेपालका लागि चिनियाँ राजदूतावासले नेपाल प्रहरीलाई २३ मोटरसाइकल सहयोग गरेको छ । चिनियाँ राजदूतावासले आज महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रु ५६ लाख ३२ हजार ७०० मूल्य बराबरका मोटरसाइकल हस्तान्तरण गरेको हो । कार्यक्रममा चिनियाँ राजदूतावासका प्रथम सचिव वाङ छियो लङले कार्यालयका प्रमुख,…