पाल्पाको निस्दीमा सूर्यमुखी फूलखेती

पाल्पाको निस्दी गाउँपालिका–४ स्थित मित्याल लामेदारका ६० घरधुरी कृषकले १५२ रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा लगाएको सूर्यमुखी फूलखेती । तस्वीर – सुशीला रेग्म

सामाजिक सञ्जालमा भाइरल तस्बिर – ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको घटनाबारे छानबिन हुँदै

प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जालमा भाइरल भइरहेको ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्वीरको सन्दर्भमा छानबिन सुरु गरेको छ । उक्त तस्वीरमा ग्यास सिलिण्डर बोकेका एक पुरुषलाई एकजना महिला प्रहरीले सडकमै बस्न लगाएको देखिन्छ । तस्वीरमा देखिएका सटर, पसल पनि सारा बन्द छन्…

दक्षिण कोरियाबाट नेपाल आउँदैछ किट्स !

कोरिया – गैह्रआवासी नेपाली सङ्घ (एनआरएनए) दक्षिण कोरियाले तयार गरेको कोभिङ १९ भए नभएको जाँच गर्न प्रयोग गरिने किट्स । यस्ता दुई हजार किट्स एनआरएनए दक्षिण कोरिया शाखाले नेपाललाई सहयोग गर्ने भएको । तस्वीर – जीवन खत्री

लक डाउनमा सुनसान जानकी मन्दिर !

धनुषा, चैत ११ गते । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम कम गर्न सरकारले आह्वान गरेको लक डाउनको पहिलो दिनसधै भरिभराउ हुने जनकपुर स्थित जानकी मन्दिर सुनसान देखिएको अवस्था । तस्वीर – अजयकुमार साह

सीमा नाका बन्द – गड्डाचौकी नाका खटिएका सुरक्षाकर्मीहरु

सरकारले एक साताका लागि सीमा नाकामा आवागमन बन्द गरेपछि सोमबार बिहान गड्डाचौकी नाका खटिएका सुरक्षाकर्मीहरु । तस्वीर – शेरबहादुर सिंह/रासस

दमौलीको रमिते भीरमा खोलिएको सडक ट्रयाक

दमौली, चैत ७ गते । तनहुँको देवघाट गाउँपालिका–५ अन्तर्गत रमिते भीरमा खोलिएको सडक ट्रयाक । पालिकाका] सबै वडाका सेवाग्राहीलाई कर्ताप फोस्रेपानी हुँदै देवघाट आउन सहजताका लागि गाउँपालिकाले सडक ट्रयाक खोल्न शुरु गरेको छ । तस्वीर – कृष्ण न्यौपाने

ओ माइ गड ! पोखरमा स्काइ डाइभ !

स्काइ डाइभ, पोखराको आकाशमा साहसिक खेलमध्येको एक स्काइ डाइभ गर्दै साहसिक खेलप्रेमी । पृष्ठभूमिमा माछापुच्छ्रे । तस्वीर – जमुनावर्षा शर्मा/पोखरा

शे–फोक्सुण्डोको साल्दाङ डोल्पामा सेताम्य हिउँ !

जाजरकोट, चैत ६ गते – शे–फोक्सुण्डो गाउँपालिका–३ स्थित प्रशासकीय केन्द्र साल्दाङ डोल्पामा सेताम्य हिउँ । भारी हिउँ भएका कारण यहाँ विकास–निर्माणका काम सञ्चालन गर्न प्रभावित भएका छन् । तस्वीर – हेमन्त केसी / रासस