नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको कुल संख्या १ लाख ११ हजार ८०२ पुगे

मुलुकमा थप ४ हजार ४७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ हजार ४७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । प्रदेश १ को इलाममा ५ जना, उदयपुर, ओखलढुंगा, पाँचथर र खोटाङमा २÷२ जना, झापामा ७१ जना, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा र सोलुखुम्बुमा १÷१ जना, मोरङमा २ सय २३ जना र सुनसरीमा २ सय ४९ जनामा संक्रमण देखिएको छ । यस्तै, प्रदेश २ को धनुषामा २५ जना, पर्सामा १७ जना, बारामा ११ जना, महोत्तरीमा ८ जना, रौतहटमा १३ जना, सप्तरीमा २१ जना, सर्लाहीमा ८ जना र सिरहामा ११ जनामा भाइरस पुष्टि भएको छ ।

यता, वागमती प्रदेशको काठमाडौंमा १ हजार ८ सय ८८ जना, काभ्रेमा ९० जना, चितवनमा ७७ जना, दोलखामा ७ जना, धादिङमा१२ जना, नुवाकोटमा ११ जना, मकवानपुरमा ७५ जना, रामेछापमा १४ जना, भक्तपुरमा १ सय १८ जना, ललितपुरमा २ सय ७७ जना, सिन्धुपाल्चोकमा २५ जना र सिन्धुलीमा १ जनामा संक्रमण देखिएको छ । यस्तै, गण्डकी प्रदेशको कास्कीमा ७६ जना, तनँहुमा ३७ जना, गोरखामा ३ जना, नवलपरासी पूर्वमा ६५ जना, लमजुङमा २१ जना, वागलुङमा ८ जना, मुस्ताङमा १ जना, म्याग्दीमा १ जना र स्याङजामा ११ जनामा संक्रमण देखिएको छ ।

यता, लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८ जना, कपिलवस्तुमा ८ जना, गुल्मीमा १० जना, दाङमा १३ जना, पाल्पामा १४ जना, प्यूठानमा २६ जना, बर्दियामा २६ जना, नवलपरासीमा २४ जना, बाँकेमा ४५ जना, रुपन्देहीमा १ सय २५ जना र रोल्पामा २ जनामा संक्रमण देखिएको छ । यता, कर्णाली प्रदेशको जुम्लामा ९ जना, दैलेखमा १३ जना, सल्यानमा ३ जना, हुम्लामा ४ जना र सुर्खेतमा १ सय १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ३ जना, कञ्चनपुरमा १८ जना, कैलालीमा ६५ जना, डडेल्धुरामा ६ जना, डोटीमा १ जना, दार्चुलामा ६ जना, बाजुरमा १ जना, बझाङमा ४ जना, बैतडीमा १२ जनामा संक्रमण देखिएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *