काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ४१६ संक्रमित फेला परे, कुल संक्रमित ४२ हजार

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय १६ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय १६ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र १ हजार १ सय ४५ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय ६१ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १ सय १० जना संक्रमित देखिएका छन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ४१ हजार ८ सय ८८ पुगेको छ । काठमाडौंमा ३३ हजार ४ सय ७८ जना, ललितपुरमा ४ हजार ७ सय ५८, भक्तपुरमा ३ हजार ३ सय ८२ जना संक्रमित थपिएका छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *