पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएसँगै मृतकको नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय १४ पुगे

पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएसँगै मृतकको नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार प्रदेश १ को सुनसरीमा ४५ वर्षीय पुरुष, मोरङमा २०, ७२ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, प्रदेश २ को सर्लाहीमा ७१ वर्षीय पुरुषको मृत्यु भएको छ । वागमती प्रदेशको काठमाडौंमा ६८ वर्षीया महिला, ४८ र ९० वर्षीय पुरुषको मृत्यु भएको छ ।

ललितपुरमा ४३ र ४९ वर्षीय पुरुष र भक्तपुरमा ६८ वर्षीय पुुरुषले कोरोनाका कारण ज्यान गुमाएका छन् । यस्तै, मकवानपुरमा ७७ वर्षीय पुरुष र धादिङमा ३१ वर्षीया महिलाको ज्यान गएको छ । यस्तै, गण्डकी प्रदेशको नवलपरासी पूर्वमा ३६ वर्षीय पुरुष र लुम्बिनी प्रदेशको रुपन्देहीमा ५७ वर्षीय पुरुषको कोरोनाका कारण ज्यान गएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *