बहराइनका राजकुमारसहितको टोली नेपालीका २ हिमाल आरोहणको सिलसिलामा काठमाडौं अवतरण

बहराइनका राजकुमारसहितको टोली नेपालीका दुई हिमाल आरोहणको सिलसिलामा काठमाडौं अवतरण गरेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहान करिव ११ बजे उनीहरु चढेको विमान काठमाडौंमा अवतरण गरेको हो । उनीहरुलाई शेख इशा एयरवेजबाट विशेष विमानले काठमाडौं विमानस्थलमा ल्याएको हो । बहराइनबाट काठमाडौंका लागि उड्नुअघि उनीहरुलाई बहराइनस्थित नेपाली दूतावासले बिदाई गरेको थियो । बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी नागरिक र ३ जना बेलायती यो टोलीमा सहभागी छन् ।

जहाज बहराइनबाट राति १२ः३० बजे स्थानीय समयअनुसार काठमाडौंका लागि उडेको थियो । दूतावासका अनुसार यो टोली दुई महिना नेपाल बस्ने छ । त्यसक्रममा लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछ । यो आरोहणलाई टोलीले आगामी वसन्त ऋतुमा सगरमाथा आरोहणको पूर्वतयारीका रुपमा हेरेको बताइएको छ । नेपालका गाइडले उनीहरुलाई सहयोग गर्नेछन् । राजपरिवार सदस्य सहितको टोली पहिलोपटक हिमाल चढ्न लागेको हो । उनीहरुले बहराइनको झण्डा नेपालको सगरमाथामा फहराउन चाहेको बताइएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *