कोरोना सङ्क्रमित ३५ वर्षीय मिर्गौलापीडित एक पुरुषको मृत्यु

खडक नगरपालिका–३ का ३५ वर्षीय मिर्गौलापीडित एक पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । कोरोना सङ्क्रमित भएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएका पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले बताउनुभयो । एक वर्षदेखि मिर्गौला रोगबाट पीडित युवकले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा नियमित डायलासिस सेवा लिइरहेका थिए । हप्तामा दुईपटक नियमित डायलासिस गरिरहेका युवकमा उच्च रक्तचापको पनि समस्या रहेको चिकित्सकले बताएका छन् ।

मिगौलापीडितसहित छ जनाको सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएका ३५ वर्षीय पुरुषको अवस्था गम्भीर बन्दै गएपछि मङ्गलबार राजविराजस्थित अस्पतालबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा रणजीतकुमार झाले जानकारी दिनुभयो । युवकको बिहान मृत्यु भएसँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । तीमध्ये एक महिला छिन् । पुरुषको शव धरानमा रहेको छ । खडक नगरपालिकाको एम्बुलेन्सले धरानबाट शव ल्याएपछि नेपाली सेनाले व्यवस्थापन गर्ने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले जानकारी दिनुभयो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *