आज नेपाली बजारमा सुनको मूल्य स्थिर

आज बुधबार सुन चाँदीको भाउ स्थिर रहेको छ । मंगलबार ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन । तेजावी सुनको भाउमा पनि आइतबारको तुलनामा आज कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९७ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै चाँदीको भाउ पनि आज कुनै परिवर्तन भएको छैन । आज चाँदी प्रति तोला एक हजार ३४० रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८३ हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८३ हजार १६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ४९ रुपैयाँ कायम गरेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *