पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको (मंगलबार) निधन

पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन भएको छ । सिंहको काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा मंगलबार बेलुकी ७ः३० बजे उनको निधन भएको हो । पारिवारिक स्रोतका अनुसार निमोनियाका कारण उनको निधन भएको हो । अनिरुद्र प्रसाद सिंहले २०१३ साल जेठ ८ गते देखि २०१६ साल असोज १५ गते सम्म सर्वोच्च अदालतको प्रधान न्यायाधीशको रुपमा काम गरेका थिए । २०१६ सालमा उनी लोकसेवा आयोगको अध्यक्ष पनि भएका थिए ।

त्यसपछि उनी कानुन, वनलगायतका मन्त्री पनि भएका थिए । २०१८ सालमा उनलाई राजा महेन्द्रले नारायणहिटी राजदरबारमा कार्यालय स्थापना गरी विशेष जाहेरी विभागको प्रमुख नियुक्त गरेका थिए ।२०३२ सालमा उनलाई संविधान सुधार आयोगको अध्यक्ष पदमा मनोनयन गरिएको थियो । २०३४ सालमा तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगको पहिलो प्रमुख आयुक्तमा उनी नियुक्त भएका थिए । उनी अख्तियारमा २०३४ साल पुस १३ गतेदेखि २०४२ साल बैशाख ३० गतेसम्म कार्यरत थिए ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *