भोजपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

भोजपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी, थुनुवा र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी सहित पाच जनामा संक्रमण पुष्टि भएकाे हाे । यसअघि देखिएका संक्रमितहरुकाे कन्ट्राक्ट टेसिङकाे आधारमा परिक्षण गर्दा ३३, २८, २७, ३९ र ४९ वर्षीय पुरुषहरूमा संक्रमण पुष्टि भएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । गत भादै २५ गते १ सय १ जनाकाे स्वनव परपक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियाे जस मध्ये ९६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ‘संक्रमितको ‘ट्राभल हिस्ट्री’ को आधारमा अन्यको पनि स्वाब परिक्षण गरिने सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईटेलले जानकारी दिनुभयाे ।

जिल्लामा थप संक्रमण फैलिन नदिन प्रशासनले एकहप्ताका लागि गरेको लकडाउन समयअवधि आज सकिँदै छ । पुनः लकडाउन गर्ने नगर्ने बारेमा जिल्ला संकट व्यवस्थापन समितिको बैठकको निर्णय गर्ने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । यसअघि वैङ्कका कर्मचारी, हिरासतमा रहेको थुनुवा र होल्डिङ एरियामा रहेका भोजपुर १२ का २८ वर्षीय पुरुष, षडानन्द नगरपालिका ६ का २२ वर्षिय पुरुष र टेम्केमैयुङ गाउँपालिका २ का २१ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको थियो । योसंगै भोजपुरमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ । जसमध्ये ६ जना निको भईसकेका छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *