एसिड आक्रमण पीडितको उपचार र जीवनभरि चाहिने औषधिको खर्च सरकारले व्यहोर्ने

एसिड आक्रमण पीडितको उपचार र जीवनभरि चाहिने औषधिको खर्च सरकारले व्यहोर्ने भएको छ। सरकारले एसिड आक्रमणको कसुर सजाय र सुनवाई सम्बन्धी विशेष व्यवस्था गर्दै पीडितहरुको आजीवन उपचार खर्च आफैं व्यहोर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पीडितको निःशुल्क उपचार र स्वास्थ्य क्षतिसँग सम्बन्धित प्रयोग गर्नुपर्ने आजीवन औषधि खर्च सरकारले व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।

बैठकले एसिड आक्रमणमा परेका पीडितहरुको तत्काल सम्भव हुने अस्पतालमा उपचार गराउने र थप उपचारका प्राथिमकताका साथ रिफर गर्नुपर्ने निर्णय गरेको छ। यस्तै, प्रत्येक वर्षको भदौ २५ गते एसिड आक्रमणविरुद्धको जागरण दिवस मनाउने निर्णय पनि सरकारले गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *