खाना खाने समयको मौका छोपेर क्वारेन्टाइनमा रहेका १ कोरोना संक्रमित युवा फरार

खाना खाने समयको मौका छोपेर भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा रहेका एक कोरोना संक्रमित युवा फरार भएका छन् । उनलाई मंगलबार दिउसो आईसोलेसनमा भर्ना गरिएको थियो । साँझ पौने ८ बजेतिर उनी फरार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

क्वारेन्टाइनमा रहेका अन्य संक्रमित खाना खादै गरेको बेला उनी फरार भएका हुन् । हाल उनको खोजी कार्य भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *