ओमानबाट आज १७४ जना नेपाली स्वदेश फर्किए

विदेशमा असहज परिस्थितिका कारण स्वदेश फर्कने नेपाली नागरिकको क्रम जारी छ । ओमानबाट आज एक सय ७४ जना नेपाली स्वदेश फर्किएका छन् । ओमानको मस्कटस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार एक सय ३३ पुरुष र ४१ महिला नेपाल आएका हुन् ।

“नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७ तथा कार्ययोजना २०७७” मा तोकिएको प्रावधान अनुरुप प्राथमिकताको आधारमा व्यवस्थित रुपमा नेपाल लैजाने योजना अनुरुप सलाम एअरकोे छैटौँ चार्टर उडानमार्फत ओमानबाट स्वदेश फर्किएका हुन् ।
विमानस्थलमा ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली, दूतावासमा द्धितीय सचिव सोमेश थापा, श्रम सहचारी दिनेश ढकाल, अनिल राना लगायतको उपस्थिति थियो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *