सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि पाकिस्तानी राजदुत मज्हर जाभेदबीच शिष्टाचार भेटवार्ता

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि पाकिस्तानी राजदुत मज्हर जाभेदबीच मंगलबार दिउँसो शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, सहकार्य र आपसी हितका विषयमा छलफल भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो । भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६० बर्ष लामो मैत्रिपूर्ण सम्बन्ध रहेको र दुई देशबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताउनुभयो । विश्वभर मानव जातिमा परेको कोरोना संकट पार गर्न सबै मिलेर लड्नुको विकल्प नभएको भन्दै पाकिस्तान सरकारले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसा गर्नुभयो ।

सभामुख सापकोटाले कोरोनाको अन्त्यपछि दुई देशका संसदबीचको सहकार्य र थाती रहेका अन्य विषयहरु अघि बढ्ने विश्वास पनि व्यक्त गर्नुभएको प्रेस विज्ञ न्यौपानेले बताउनुभयो । चार बर्षे कार्यकाल सकेर स्वदेश फर्कन लाग्नुभएका राजदुत जाभेदले नेपाल बसाइका क्रममा संघीय संसदबाट भएको सहयोगप्रति आभार प्रकट गर्नुभयो । कोरोनाका कारण सात महिना यता दुई देशका संसदबीचको नियमित काम समेत हुन नसकेको चर्चा गर्दै कोरोनाको अन्त्यपछि सम्बन्ध विस्तार र व्यापक हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *