दाङमा करेन्ट लागेर ३ जना बालबालिकाहरुको मृत्यु

दाङमा करेन्ट लागेर तीन जना बालबालिकाहरुको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१० उत्तरअम्राईमा पानी तान्नका लागि कुलोमा प्रयोग गरिएको मोटरबाट पानी करेन्ट सर्दा तीन जना बालबालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० उत्तरअम्राईका ८ बर्षीय प्रशान्त चौधरी, ४ बर्षीय रेणुका चौधरी र ३ बर्षीय अमृत चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिएका छन् । तीनै जनाको शवलाई पोष्टमार्टमको लागि घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको प्रहरीले जानकारी दिएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *