पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ३७१ पुग्यो

पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्ण मन्त्रालयका अनुसार मृत्यु हुनेमा ७ जना पुरुष र ४ जना महिला रहेका छन् । जसमा काठमाडौंका ३४ वर्षीय पुरुष, ९६ वर्षीय पुरुष, ६६ वर्षीय पुरुष र ८६ वर्षीया महिला गरी ४ जनाको मृत्यु भएको छ । त्यसैगरी मकवानपुरका ६१ वर्षीय पुरुष, सर्लाहीका ६४ वर्षीय पुरुष, कपिलबस्तुका ५८ वर्षीय पुरुष र बाराका ५५ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ ।

त्यसैगरी बाराकै ५५ वर्षीया महिला, सिराहाकी ३५ वर्षीया महिला र रुपन्देहीकी ६४ वर्षीया महिलाको पनि मृत्यु भएको छ । योसँगै देशभर कुल मृतकको संख्या ३ सय ७१ पुगेको छ । यो मृत्युदर संक्रमित हुनेहरुबाट ०.६५ प्रतिशत हो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *