प्रदेश १ मा मंगलबार १३८ संक्रमित थपिएका छन् भने ६४ जना डिस्चार्ज भए

प्रदेश १ मा मंगलबार १ सय ३८ संक्रमित थपिएका छन् भने ६४ जना डिस्चार्ज भएका छन् । मोरङमा १ सय ८, सुनसरीमा २२, झापामा २, संखुवासभा, पाँचथर, ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिर ३ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ७० जनामा संक्रमण देखिएका छ । संक्रमण देखिएकामा २८ महिला र ४२ जना पुरुष रहेका छन् । मोरङको कटहरीमा ३ महिला ११ पुरुष, बुढीगंगामा ६ महिला ६ पुरुष, सुन्दरहरैचामा २ महिला १ पुरुष, पथरीशनिश्चरे र जहदामा २–२ पुरुष, रंगेली, उर्लाबारी र बेलबारीमा १–१ महिला, स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको दुहवीमा ३ महिला ११ पुरुष, धरानमा ३ महिला १ पुरुष, इटहरीमा २ पुरुष, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१ पुरुष, झापाको दमकमा १ पुरुष, मेचीनगरमा १ महिला, संखुवासभामा १ पुरुष, ताप्लेजुङका १ पुरुष, पाँचथरको फिदिमका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ६७ पुगे संगै २ हजार १ सय ४२ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ भने १२ जना प्रदेश वाहिरका रहेको सामाजिक विकास मंत्रालयले जनाएको छ ।

प्रदेश १ मा मंगलबार १ हजार ७ सय ७४ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण भएका मध्ये ५२ महिला र ८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा हाल सम्म १ लाख १० हजार ७ सय ९० जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा सवैभन्दा बढी संक्रमित भएको जिल्ला मोरङ हो जस्मा २ हजार ३ सय २० जना संक्रमित रहेका छन् । त्यस्तै झापामा ७ सय ३६ , सुनसरीमा १ हजार ३ सय ३६ रहेका छन् भने उदयपुरामा १ सय २६ रहेका छन् । यसैगरी इलाममा ९१ ,खोटाङमा २३ , ओखल्ढुङगामा २४ , धनकुटामा ४६ , तापलेजुङमा १४, तेह्रथुममा २८ ,सोलुखुम्बुमा ८ , पांचथर २८, भोजपुरमा २१ ,संखुवासभामा ७५ र अन्य ९१ जना रहेका समाजिक विकास मंत्रालयले जनाएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *