दाङमा (मंगलबार) आज २३ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ९६७ पुग्यो

दाङमा (मंगलबार) आज २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिकाका ९७ जनाको पीसीआर परीक्षण गर्दा २३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित हुनेहरुमा वडा नम्बर ५ का १ जना, ६ का ४ जना, ७ का १ जना रहेका छन् । त्यस्तै वडा नम्बर ८ का एक जना, वडा नम्बर १४ का ३ जना र वडा नम्बर १५ का १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला फोकल पर्सन कमल चन्दले जानकरी दिए ।

संक्रमितमध्ये ११ जना पुरुष र १२ जना महिला रहेका छन् । संक्रमण पुष्टि भएका सबै समुदाय स्तरका रहेको बताइएको छ । योसँगै दाङमा सक्रिय संक्रमितको संख्या १ सय ८५ पुगेको छ । दाङमा कुल संक्रमितको संख्या ९ सय ६७ रहेको छ । जसमा ७ सय ८० जना उपचारपछि डिस्चार्ज भइसकेको फोकल पर्सन चन्दले जानकारी दिए ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *