कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीहरुले भावुक हुँदै गरे विदाई !

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई कर्मचारीहरुले विदाई गरेका छन् । कर्मचारीहरुले मंगलबार (आज) एक कार्यक्रमकाबीच घिसिङलाई विदाई गरेका हुन् । घिसिङको गत आइतबार मात्रै चार वर्षे कार्यकाल सकिएको हो । विदाई कार्यक्रममा बोल्दै घिसिङले सरकार र राजनीतिक नेतृत्वको मार्गदर्शन अनुरुप प्राधिकरणको टिमले काम गरेको कारण सफलता पाएको बताउनुभयो ।

त्यस्तै, उहाँले नेतृत्वमा कोही आउन÷जानु सामान्य प्रक्रिया भएको बताउँदै कर्मचारीले रातको १०÷१२ बजेसम्म पनि काम गरेको कारण पनि राम्रो नतिजा आएको बताउनुभयो । घिसिङको विदाईका प्राधिकरणका कर्मचारीहरु भावुक बनेका थिए ।

घिसिङको चार वर्षे कार्यकाल सकिएसँगै प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् ? भन्ने टुंगो लागेको छैन । त्यसोत, घिसिङ दोस्रो कार्यकालका लागि दोहोरिने चर्चा पनि उत्तिकै छ । १८ घण्टासम्मको लोडसेडिङ हटाएर ३४ अर्ब घाटामा रहेको प्राधिकरणलाई ५ अर्बको सञ्चित नाफामा लगेका घिसिङलाई दोहो¥याउन विभिन्न क्षेत्रबाट माग भइरहेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *