सरकारको प्रवक्ता पदमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नियुक्त, उनी प्रधानमन्त्रीको समेत प्रिय पात्र

लामो समय देखि रिक्त रहेको सरकारको प्रवक्ता पदमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नियुक्त भएका छन् । हिजो साँझ ५ बजे बसेको मन्त्रिपरिषदको बैंठकले सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवालीलाई रोजेको हो । ज्ञवाली शालीन तथा त्यस पदको लागि योग्य भएकोले उनलाई राजेको बुझिएको छ । प्रधानमन्त्री ओलीको प्रिय पात्र रहेका ज्ञवालीले अब सरकारको प्रवक्ता भएर काम गर्ने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

केही समय अगाडी प्रम ओलीले दुई वर्ष मन्त्रीपदमा काम गरिसकेकालाई उक्त मन्त्रिपदबाट बिदा गर्ने निणर्य गरेसँगै दूई वर्ष मन्त्रीपदमा काम गरिसकेका ज्ञवालीलाई भने सरकारको प्रवक्तामा नियुक्ती गर्न लागिएको हो । प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घूस मागेको अडियो टेप सार्वजनिक भएपछि तत्कालीन सूचना प्रविधिमन्त्री गोकुल बाँसकोटाले पदबाट राजीनामा दिएपछि रिक्त सरकारको प्रवक्ताको जिम्मेवारी तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले हेर्दै आएका थिए । उनको पनि गत भदौ १९ गते कार्यकाल सकिएपछि उक्त पद रिक्त भएको थियो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *