केही दिन यता म्याग्दीमा डेङ्गुु र स्क्रब टाइफसको सङ्क्रमणको उच्च जोखिम

केही दिन यता म्याग्दीमा डेङ्गुु र स्क्रब टाइफसको सङ्क्रमण फैलिएको छ । जिल्लाको बेनी अस्पतालमा उपचार गर्न आएका ६१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएपछि रोग फैलिने खतरा बढेको अस्पतालले जनाएको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको सङ्क्रमण हालसम्म रघुगङ्गा गाउँपालिका, बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका र मङ्गला गाउँपालिकाका बिरामीमा पुष्टि भएको हो ।

जिल्लाको उच्च पहाडी क्षेत्रमा समेत लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको समस्या देखिएपछि बिरामीको नमुना सङ्कलन गरेर थप परीक्षणका लागि काठमाडौँ पठाइएकोमा डेङ्गु नै पुष्टि भएपछि जिल्लाका सबै स्थानीय तहलाई लामखुट्टे खोज्ने र नष्ट गर्ने अभियान चलाउन आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयको बायोटेक्नोलोजी विभागमा पठाइएको नमुना परीक्षण गर्दा डेङ्गु नै पुष्टि भएकोले जिल्ला उच्च जोखिममा रहेकोे निमित्त प्रमुख लम्सालले जानकारी दिनुभएको छ । यसबाट बच्ने एउटै उपाय भनेको लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्नेबाहेक अन्य उपाय नभएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो । यसैगरी मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफसका बिरामीको सङ्ख्या पनि म्याग्दीमा उच्च गतिमा बढेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *