नेपाली राष्ट्रिय झण्डा जलाउने मुख्य अभियुक्त “गेल्जङ दोर्जे तामाङ” पुर्पक्षका लागि जेल चलान

म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका गायक गेल्जङ दोर्जे तामाङ पुर्पक्षकालागि जेल चलान भएका छन् । सोमबार जिल्ला अदालत काठमाडौक न्यायाधीश विनोदराज पोखरेलको इजलासले मुख्य अभियुक्त गायक गेल्जङ दोर्जे तामाङलाई पुर्वपक्ष, ३ जनालाई १५ हजार धरौटीमा निहा र ५ जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । गत भदौ १ गते झण्डा जलाएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६ जना र महानगरीय अपराध अनुसन्धान महाशाखाले तीन जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।

पक्राउ परेको ९ जना विरूद्द २४ भदौमा अदालतमा मुद्दा दायर भएको थियो । भिडियोका सार्वजनिक भए पश्चात् गायक गेल्जङ दोर्जे तामाङले सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी हुँदै आएको थियो । भदौ १ गते अपलोड गरिएको उक्त म्युजिक भिडियोको करिब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य आउँछ। भिडियो मकवानपुरको बागमति गाउँपालिका-३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिन्छ। म्युजिक भिडियोमा साम्प्रदायिकता माथि नै खलल पुग्ने किसिमका भनाइहरू रहेका छन्।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *