भक्तपुर जिल्लामा कोेरोना भाइरसबाट दुई जनाको मृत्यु

भक्तपुर जिल्लामा कोेरोना भाइरसबाट दुई जनाको मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिकाका थप २ जनाको कोरोनाका कारण सोमबार मृत्यु भएको हो । मृत्यु हुनेमा मध्यपुर थिमि नगरपालिका ७ का ८१ वर्षीय वृद्धा र सोही नगरपालिकाका ५ का ७७ वर्षका पुरुष रहेका छन् । ८१ वर्षीय पुरुषको ८ दिन अघि पीसीआर परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उहाँ होम आइसोलेशनमा बसिरहेको अवस्थामै स्वास्थ्यमा थप समस्या देखिए पछि मेघा अस्पाताल लगिएको थियो । उक्त अस्पतालमा भ्यान्टिलटर नभए पछि ग्रान्डी अस्पतालमा रिफर गरिएकोमा थियो ।

ग्रान्डी अस्पताल पुर्याउने क्रममा बाटो मै मृत्यु भएको नगर प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै पाटन अस्पतालमा उपचार गराईरहेका मध्यपुर थिमि नगरपालिका वडा नं.५ बस्ने ७७ बर्षका पुरुषको पनि मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठका अनुसार वडा नं.५ का पुरुष मुटुको अपरेशन गर्नु अघि पीसीआर परिक्षण गरेको थियो । अपरेशन गरे पछि कोरोना परिक्षणमा पोजेटीभ देखिएको र उनकोे कोरोना संक्रमणबाट आज बिहान मृत्यु भएको पनि नगर प्रमुख श्रेष्ठले बताउनुभयो । यो सँगै भक्तपुर जिल्लामा आज सम्ममा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *