पर्वतमा पहिरोले घर पुरिँदा १ बालिकाको मृत्यु

पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । स्थानीय नवीन विकको घर पहिरोले पुरिँदा उहाँकी तीन वर्षीया छोरी निकिता विकको ज्यान गएको हो । मृतक बालिकाको शव साेमबार बिहान निकालिएको फलेवास नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष टिकाराम गौडेलले जानकारी दिनुभयो ।

पहिरोमा पुरिएर नवीन विककी श्रीमती लक्ष्मी विकसहित अन्य दुई जना घाईते भएका छन् । घर पुरिँदा घाइते भएकाहरुको गाउँले र स्थानीयवासीले उद्धार गरेका थिए । पहिरोले बगाएर बाँसको झाँगमा पुराएको अवस्थामा तीनजनाको उद्धार गरिएको थियो । स्थानीय घनश्याम भुसालका अनुसार पहिरोले पुरिएर उनको घरमा पालिएका दुई भैँसी र एउटा गोरुसमेत पुरिएका छन् ।

बिहान चार बजेको समयमा पहिरो आएर घर पुरिएको भुसालले बताउनुभयो । पहिरोले दोबिल्ला फलेवास सडक समेत पहिरोले क्षतबिक्षत भएको छ । यता जिल्ला प्रहरी कार्यालय पर्वतले पहिरोमा पुरिएर एक बालिकाको ज्यान गएको जनाएको छ । घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयवासीले उद्धारको काम गरेको र विस्तृत विवरण आउन बाँकी रहको प्रहरी निरिक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *