कुलमान घिसिङको आज (आइतबार) ४ वर्षे कार्यकाल सकिदै, कर्मचारीहरुले औपचारिक विदाई गर्ने

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आज (आइतबार) चार वर्षे कार्यकाल सकिदैछ । प्राधिकरणका कर्मचारीहरुले घिसिङलाई औपचारिक रुपमा विदाई गर्ने बताइएको छ । वि।सं। २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गर्नुभएका घिसिङ वि.सं. २०७३ साल भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त हुनुभएको थियो ।

घिसिङलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्नुभएको थियो । घिसिङको चार वर्षे कार्यकाल सकिँदै गर्दा प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगो लागेको छैन । त्यसोत, घिसिङ दोस्रो कार्यकालका लागि दोहोरिने चर्चा पनि उत्तिकै छ ।

तर, हालसम्म मन्त्रिपरिषदमा घिसिङलाई दोहो¥याउने गरी प्रस्ताव पुग्न सकेको छैन, भने सोमबार मात्रै मन्त्रिपरिषदको नियमित बैठक भएकाले प्राधिकरणका नयाँ कार्यकारी निर्देशक नियुक्ति बारे निर्णय हुने सम्भावना रहेको छ । १८ घण्टासम्मको लोडसेडिङ हटाएर ३४ अर्ब घाटामा रहेको प्राधिकरणलाई ५ अर्बको सञ्चित नाफामा लगेका घिसिङलाई दोहो¥याउन विभिन्न क्षेत्रबाट माग भइरहेको छ, भने अर्को कार्यकालमा दोहोरिन घिसिङ आफैं पनि इच्छुक हुनुहुन्छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *