पछिल्लो २४ घण्टामा देशभर ९७२ जना निको भएर घर फर्किए, कुल संख्या ३६ हजार ६७२ पुग्यो

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९ सय ७२ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ९ सय ७२ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३६ हजार ६ सय ७२ पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ७१ प्रतिशत हो ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १४ हजार ९ सय २५ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७८ रहेको छ । यस्तै होम आइसोलेसनमा रहनेको संख्या ६ हजार ६ सय ३४ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार २ ९१ जना छन् । पछिल्लो घण्टामा देशभर १० हजार ७ सय ०१ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ८ लाख २१ हजार १ सय ८६ जनाको पीसीआर परीक्षण भएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *