१० वर्षमा ४० लाखलाई रोजगारी !

विश्व बैंकको एक रिपोर्टका अनुसार पछिल्लो १० वर्षमा नेपालमा ४० ला रोजगारी सृजना भएको देखिन्छ । हालै मात्र विश्व बैंकले सार्वजनिक गरेको रिपोर्टमा नेपालको अर्थतन्त्रले विगत एक दशकमा चालिस लाख मानिसलाई नयाँ रोजगारी दिएको उल्लेख छ । सन् २००८ देखि २०१८ सम्मको अवधिमा नेपालमा ४० लाख मान्छेले नयाँ रोजगारी पाएकाे विश्व बैंकद्वारा प्रकाशित ‘नेपाल जब डाइग्नोस्टिक रिपोर्ट’ मा उल्लेख छ । तर उक्त राेजगारीमध्ये अधिकांश ज्यालादारीमा सीमित भएको र कामदारहरुको क्षमताको सदुपयोग हुन नसकेको रिपाेर्टकाे निष्कर्ष छ ।

वर्तमान कोभिड- १९ महामारीका कारण राेजगारीहरू धरापमा परेकाे र उक्त महामारी रिकभरी अवधिमा समेत गुणस्तरीय र स्थिर रोजगारीको आवश्यकता झन बढेर जाने विश्व बैंककाे भनाइ छ । गत एक दशकमा नेपालमा कृषिमा आधारित अर्थतन्त्रमा संरचात्मक परिवर्तन हुँदै आधुनिक सेवामा आधारित हुँदै गएको समेत रिपाेर्टमा उल्लेख छ ।

तर पनि महिलाहरूका लागि यस्ताे परिवर्तित सुविधा उपलब्ध भइनसकेको र निर्माण, उत्पादन, उद्योग, यातायात, व्यापारजस्ता क्षेत्रमात्र नभएर विदेशमा पनि पुरुष कामदारले नै बढी अवसर पाएकाे रिपाेर्टकाे सार छ । तापनि नेपालमा महिलाहरू राेजगार हुने क्रम चाहिँ बढेकाे छ । रिपोर्टका अनुसार नेपालमा विभिन्न कठिनाइका बाबजुद पनि उल्लेख्य रोजगारी सृजना भएकाे देखिन्छ । श्रम शक्ति सर्वेक्षण र अन्य आर्थिक सर्वेक्षणहरूका अनुसार नेपालको श्रम बजारको प्रतिफल समेत विस्तारित भएको उक्त रिपाेर्टमा जनाइएकाे छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *