सन्दीप आवद्ध जमैका तलाबाज (सीपीएल) टी–ट्वान्टी क्रिकेटको सेमिफाइनलमा पराजित

नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछाने आवद्ध जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको सेमिफाइनलमा पराजित भएको छ । मंगलबार राति भएकाे खेलमा जमैकालाई ट्रिन्बागो नाइट राइडर्सले ९ विकेटले पराजित गर्‍यो । ब्रायन लारा क्रिकेट स्टेडियममा जमैकाले दिएको दिएको १०८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । उसका लागि लेन्ड सिमोन्सले नटआउट ५४ रनको योगदान दिए भने वेस्टरले नटआउट ४४ रन बटुले। जमैकाका मुजिब उर रहमानले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १०७ रन बनाएको थियो । जमैकाका लागि एनक्रुमाह बोनेरले सर्वाधिक ४१ रन बनाए । बलिङतर्फ ट्रिनबागोका जेरोमी होसिनले तीन विकेट लिए । खारी पेरीको नाममा २ विकेट लिन सफल भए । अब ट्रिनबागोले उपाधिका लागि गुएना अमेजन वारियर्स र सेन्ट लुसिया जोउक्सबीचको विजेतासँग खेल्नेछ ।

आजको खेलमा भने सन्दीपले औसत प्रदर्शन गरे । ४ ओभर बलिङ गर्दै २९ रन खर्चिए । सन्दीपले यस सिजन ११ खेलमा कुल १२ विकेट लिन सफल भए । अब उपाधिका लागि ट्रिन्बागोले सेन्ट लुसियासँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा सेन्ट लुसियाले गुयनालाई १० विकेटले पराजित गरेर ट्रिन्बागोसँगको भेट पक्का गर्‍यो।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *