सरकारले अनुमति दिए ३ हजार १ सय विद्यालयमा दशै अघि नै कक्षा १२ को परीक्षा हुने

राष्ट्रिय परीक्षा बोर्डले सरकारले अनुमति दिए ३ हजार १ सय विद्यालयमा दशै अघि नै कक्षा १२ को परीक्षा सञ्चालन गर्न सक्ने दाबी गरेको छ । सय भन्दा कम विद्यार्थी रहेका ती विद्यालयमा दशै अघि परीक्षा लिनसक्ने बोर्डले दावी गरेको छ । सय भन्दा बढी विद्यार्थी भएका करिब १ हजार १ सय विद्यालयमा कोभिड–१९को नियन्त्रणको अवस्था हेरेर दशै लगत्तै र तिहारपछि परीक्षा लिन सकिने बोर्डले जनाएको छ ।

कोभिड–१९ को कारण स्थगित कक्षा १२ को परीक्षा गर्न तयार गरेको विकल्पमा कार्तिक लागेपछि हिमाली र केही उच्च पहाडी जिल्लामा परीक्षा लिन नसकिने निष्कर्ष बोर्डले निकालेको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले मन्त्रिपरिषदको बैठकले परीक्षाको विषयमा चाडै निर्णय गर्न आग्रह गर्नुभएको छ । उहांले भन्नुभयो–हामीसंग प्रशनपत्र उत्तरपुस्तिका तयारी अवस्थामा छ । विद्यालयमा पु¥याएर परिक्षा गर्न असम्भव देखिदैन । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *