अब मनपरी ब्याजदरमा परिवर्तन गर्न नपाउने, राष्ट्र बैङ्कको अङ्कुश

ब्याजदर थपघट गर्ने प्रक्रियालाई केन्द्रीय बैङ्कले थप व्यवस्थित बनाएको छ । नेपाल राष्ट्र बैङ्कले नयाँ निर्देशिका जारी गर्दै अब मनपरी ब्याजदरमा परिवर्तन गर्न नपाउने व्यवस्था गरेको हो । नयाँ निर्देशिकाले ब्याजदरलाई व्यवस्थित र पारदर्शी ढङ्गले मात्र परिवर्तन गर्न सकिने बनाएको छ । नेपाल राष्ट्र बैङ्कबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजत पत्र प्राप्त संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७६ मा संशोधन÷परिमार्जन थप व्यवस्था मङ्गलबार जारी भई कार्यान्वयनमा आएको हो । निर्देशिकाले उद्यम व्यवसायमा लगानी गर्ने ऋणीका साथै ऋणमा घर जग्गा र सवारी साधन जोडेका सर्वसाधारणलाई समेत राहत पुग्ने भएको छ । नयाँ व्यवस्थाले पटक–पटक बैङ्क तथा वित्तीय संस्थाको खुुसीमा ब्याजदर परिवर्तन प्रवृत्तिमा रोक लगाएको छ ।

एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाको ब्याजदर परिवर्तन नहुने गरी स्थिर कायम गर्न निर्देशन दिइएको छ । राष्ट्र बैङ्कले जारी गरेको एकीकृत निर्देशन, २०७६ अनुसार बैङ्क तथा वित्तीय संस्थाले निक्षेपमा दिने ब्याजदर मासिक रूपमा मात्र परिवर्तन गर्न पाउने भएका छन् । यस्तो ब्याजदर परिवर्तन गर्दा आगामी महिनाका लागि निक्षेपमा लागू हुने ब्याजदरसम्बन्धी सूचना नेपाली महिना सुरु हुनुपूर्व प्रकाशित गरिसक्नुपर्ने निर्देशनमा उल्लेख छ । बैङ्क तथा वित्तीय संस्थाले कर्जा र निक्षेपको ब्याजदर, आधार दर र ब्याजदर अन्तरको विगत तीन वर्ष अवधिको विवरण वेबसाइटमा प्रकाशन गर्नुपर्ने व्यवस्था गर्नसमेत निर्देशनमा समावेश छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *