रक्सौल–काठमाडौं रेल मार्गको विस्तृत अध्ययनका लागि भारतले नेपालसँग अनुमति माग्यो

रक्सौल–काठमाडौं रेल मार्गको विस्तृत अध्ययनका लागि भारतले नेपाल सरकारसँग अनुमति माग गरेको छ । भारतले नेपाललाई पठाएको प्रस्तावमा रेल मार्गको अध्ययनका लागि कोरोना भाइरसका कारण स्वास्थ्य सुरक्षा प्रोटोकल अनुशरण गर्ने उल्लेख छ । भारतको सरकारी कोंकण रेलवे निगमले पठाएको उक्त परियोजना विस्तृत अध्ययनको प्रस्ताव नेपालस्थित भारतीय दूतावास मार्फत आएको हो । रेल विभागले पनि भारतीय टोली अध्ययनका लागि नेपाल आउन तयार रहेको जानकारी दिएको छ ।

उनीहरुले राखेको प्रस्ताव भौतिक पूर्वाधार र यातायात मन्त्रालयमा पठाइने र त्यसपछि गृह तथा कोभिड नाइन्टिन क्राइसिस म्यानेजमेन्ट कमिटीमा पनि पठाइने विभागको तयारी छ । भारतको रेलमार्ग रक्सौलको सुख्खा बन्दरगाहसम्म पुगेको छ । त्यसलाई वीरगञ्ज हुँदै काठमाडौं जोड्ने योजना रहेको हो । रेल लाइनको कुल लम्बाइ १३६ किलोमिटर हुन अपेक्षित छ । जसमध्ये ४२ किलोमिटर सुरुङमार्ग भएर पार हुनेछ । यसको लागत करिब तीन खर्ब नेपाली रुपैयाँ लाग्ने अनुमान छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *