चना खानुका यस्ता छन् फाइदाहरु

चनालाई हामीले तरकारी बनाएर पनि खान सक्छौ भने यसको दाल पनि खान सकिन्छ । यसलाई हामीले भुटेर पनि खान सक्छौ । चना नेपाली खानपिनको एक महत्वपूर्ण हिस्सा हो । यसमा कार्बोहाइड्रेट, फाइबर, क्लाल्सियम, आइरन र भिटामिनको राम्रो स्रोत हो । जसले हामीलाई स्वस्थ राख्नमा मद्दत गर्छ । यी सबै विशेषताका कारण नै यसलाई गरिबको मेवा भनिन्छ । नियमित भिजाएको चना खानाले कमजोरी कम हुनुका साथै यसका अन्य फाइदा पनि छन् । चना हामी सबैले सुनेको र आफ्नो आहारमा प्रयोग गर्ने एक गेडागुडी हो । जसको सेवन अनेक तरिकाले गर्न सकिन्छ । तरकारी बनाएर, सातुको रुपमा, पानीमा भिजाएर काँचै खान सकिन्छ चना ।

चनाको दाल खादाका फाईदा यस्तो छ – चनाको दाल सेवन गर्नाले कब्जीयतको समस्या निर्मूल हुन्छ । यती मात्रै होइन जन्डिसका रोगीलाई पनि चनाको दालको सेवन धेरै फाइदाजनक हुन्छ । चनाको दालले कोलेस्ट्रोललाई कम गरेर तौल कम गर्न धेरै मद्धत गर्छ । यो पाचन प्रणालीको लागि धेरै नै लाभदायक छ । चनाको दाल जिंक, क्याल्सियम, प्रोटिन, फोलेट आदिले भरपुर हुन्छ जसले तपाईको शरिरलाई आवश्यक र जरुरी उर्जा प्रदान गर्छ । यसको अलावा यो पेटको समस्याको लागि पनि फाइदाजनक हुन्छ ।

चनाको दालले शरिरमा आइरनको कमीलाई पुरा गर्छ र हेमोग्लोबिनको स्तर बढाउन मद्धत गर्छ । यसमा अमिनो एसिड शरिरको कोषहरुलाई मजबुत गर्नमा मद्धत गर्छ । डायबिटिज नियन्त्रणको लागी चनाको दालको सेवन धेरै नै फाइदाजनक हुन्छ । यसले ग्लुकोजको अत्याधिक मात्रालाई सोस्नपनि धेरै नै मद्धत गर्छ । सौन्दर्य बढाउनको लागि चनाको दालको बेसन अनुहारमा लगाउनाले लाभदायक हुन्छ ।

जानौँ, भिजाएको चना खानुका ८ फाइदा – स्वस्थ मुटु चनाले / कालेस्ट्रोललाई नियन्त्रणमा राख्छ । जसले गर्दा मुटु स्वस्थ रहन्छ र मुटु सम्बन्धी रोग लाग्ने खतरा पनि कम रहन्छ । चनाको नियमित सेवनले मुटुको धमनीहरुलाई खुलाउन र रगतको मात्रालाई बढाउनमा पनि मद्दत गर्छ । चनामा पाइने अल्फा लिनोलनिक एसिड र ओमेगा ३ आपसमा मिलेर कोरिनरी मुटु सम्बन्धी रोग र कार्डियो भास्कुर सम्बन्धी खतरालाई कम गर्छ । कब्जीयतमा राहत – भिजाएको चनामा पर्याप्त मात्रामा फाइबर हुन्छ । यसले पेटलाई सफा राख्नुका साथै पाचन तन्त्रलाई पनि राम्रो बनाउँछ । पिसाबको समस्या – भिजाएको चनामा गुड़ मिसाएर खानाले पटक–पटक पिसाब लाग्ने समस्यामा राहत हुन्छ । भिजाएको चना खानाले पाइल्सको समस्यामा पनि आराम दिलाउँछ ।

स्वस्थ छाला – भिजाएको चनामा नुन नहाली सादा चना चबाएर खानाले छाला स्वस्थ हुनुका साथै चम्किलो हुन्छ । साथै, छाला चिलाउने समस्या छ भने त्यसमा पनि राहत दिलाउँछ । तौल बढाउँछ – यदि तपाई चाहिने भन्दा बढी दुब्लो हुनुहुन्छ भने भिजाएको चना खानुस् । चनाले शरिरको तौल बढाउने काम पनि गर्छ । नियमित चना खानाले तौल बढ्नुका साथै मांसपेशी पनि
बलियो बनाउँछ । सर्दीमा राहत – चनाले शरीरको रोग प्रतिरोध क्षमतालाई बढाउँछ । जसले रुघाखोकी, सर्दी जस्ता समस्यामा राहत दिलाउँने काम पनि गर्छ । रगतको मात्रा पुरा – चना फलामको धेरै नै राम्रो स्रोत हो । यसले शरीरमा रगतको कमी छ भने त्यसलाई हटाउँछ । साथै रगतलाई सफा पनि गर्ने काम गर्छ ।

पुर्ण फाइदाका लागि कसरी खाने चना ? – एक मुट्ठी चना लिने तर त्यसलाई माटोको भाँडोमा सफा पानीमा राखेर रातभर भिज्न दिने । रात भर (करीब ९ घन्टा) चनालाई त्यस पानीमा भिज्न दिने । बिहान चनालाई पानीबाट निकालेर राम्रोसँग चबाएर खाने । त्यसपछि पानी पिउने । यसरी नियमित चना खानाले तपाईँ सँधै स्वस्थ रहनु हुन्छ । दैनिक भुटेको चना खाँदा शरिरलाई विभिन्न प्रकारका फाइदा हुन्छ । तरकारीका रुपमा र भिजाएको चना खाँदाका फाइदाबारेमा हामीले थाहा पायौँ । तर यसका अतिरिक्त चनालाई भुटेर खाएमा पनि यसको पौष्टिक गुणलाई थप उपयोगी बनाउँन सकिन्छ । भुटेको चना दैनिकरुपमा खाएमा हुने फाइदाहरु यस्ता छन् :

मोटोपना घटाउँछ चना – यदि तपाईं मोटोपनाका कारण चिन्तित हुनुहुन्छ भने भुटेको चना तपाईंका लागि निकै फाइदाजनक हुन्छ । भुटेको चनामा क्यालोरीको मात्रा निकै कम हुन्छ जबकी यसमा विभिन्न पौष्टिक तत्व जस्तै पोटासियम, क्याल्सियम, आइरन, कार्बोहाइड्रेट, प्रोटिन, डाइट्री फाइबर भरपुर मात्रामा हुन्छ । सय ग्राम भुटेको चनामा १ सय ६४ क्यालोरी हुन्छ । यदि तपाईं खाजामा भुटेको चना खानुहुन्छ भने तपाईंको तौल निकै चाँडै घट्छ ।

तौल घटाउनका लागि कसरी खाने ? – तौल घटाउनका लागि चनाको प्रयोग निकै सजिलो छ । चनालाई एक घण्टाका लागि पानीमा भिजाएर राख्नुहोस् र यो सुकेपछि यसलाई बालुवा र नुनमा राखेर भुट्नुहोस् । तपाईंले बजारबाट भुटेको चना पनि ल्याउन सक्नुहुन्छ । तपाईं चाहेको खण्डमा भुटेको चनामा सलाद जस्तै प्याज, गोलभेडा, गाजर, मुला, कागतीको रस आदि मिसाएर खानसक्नुहुन्छ । चनाले रगत बढाउँछ – चनामा आइरनको भरपुर मात्रा हुन्छ । त्यसकारण यदि तपाईंलाई रक्तअल्पत्ताको समस्या छ भने दैनिक भुटेको चना खान सुरु गर्नुहोस् । ध्यान दिनुहोस्, बोक्रा नभएको चनामा बोक्रा भएजत्तिको फाइदा हुँदैन । रक्तअल्पत्ताको शिकार धेरैजसो महिला हुने भएकाले यसले महिलालाई निकै फाइदा गर्छ ।

दिनभरी क्रियाशील रहनुहुनेछ – हामी सक्रिय रहनका लागि ऊर्जाको अत्यधिक आवश्यक पर्छ । यस्तोमा चनाले निकै सहयोग पुर्याउँछ । चना खाँदा ऊर्जा पाइन्छ । मधुमेह रोगीका लागि पनि चनाको सेवन निकै फाइदाजनक हुन्छ । डाइट्री फाइबरले भरिपूर्ण – फाइबर हाम्रो शरिरका लागि निकै आवश्यक हुन्छ । चना फाइबरले भरपुर हुन्छ त्यसकारण यसले पाचन क्रियालाई सुधार्छ । भुटेको चना खाँदा कब्जियतको समस्यामा फाइदा पुर्याउँछ ।

रहरकाे दाल र चना निकै गुणकारी, यसकाे फाइदा जानेर अचम्मित पर्नु हुनेछ – दालमा रहर उत्तम मानिन्छ । दिनहुँ उपयोग गरिने रहर दाल रातो र सेतो गरी दुई प्रकारको हुन्छ । रहर दालमा खनिज, कार्बोहाइड्रेट, आइरन, क्याल्सियम आदि प्रशस्त मात्रामा पाइन्छ । यसमा २२ प्रतिशत प्रोटिन हुन्छ । रहरको दाल बाथ, पित्त र कफ अर्थात् त्रिदोषनाशक हुने भएकोले सबैका लागि अनुकूल मानिन्छ । आयुर्वेदका अनुसार रहर रुखो, शीतल, हल्का, बाथकारक, कफ–पित्त र रगतको दोषलाई समाप्त पार्ने हुन्छ । पच्न सजिलो र शौच रोक्ने गुणसमेत हुन्छ । यो वायु उत्पादक हुन्छ । यसले शारीरिक अंगलाई सुन्दर बनाउँछ । रहर रगत, कफ र रगतसम्बन्धी विकार हटाउन उपयोगी मानिन्छ । रातो रहर हल्का, तीक्ष्ण र न्यानो मानिन्छ । यसले भोकसमेत बढाउँछ ।

रहरले कफ, विष, रगतको खराबी, लुतो, कुष्ठ र पेटमा भएको कीरा हटाउँछ । यो दाल पाचकसमेत हो । धेरै सजिलै पच्ने भएकोले यो दाल बिरामीलाई समेत दिइन्छ । पाइल्स, ज्वरोमा यो दालको उपयोग लाभकारी मानिन्छ । अर्कातिर, चना शरीरमा तागत उत्पन्न गर्ने, भोजनमा रुचि पैदा गर्ने मानिन्छ । आयुर्वेदका अनुसार यो न्यानो प्रकृतिको हुन्छ । चनाले शरीरलाइ तरोताजा राख्ने गर्छ । रगतमा जोस उत्पन्न गर्छ । यो कलेजोका लागि समेत लाभदायक मानिन्छ । यसले रगत सफा गर्छ, धातु बढाउँछ र आवाज सफा पार्छ । रगतसम्बन्धी विकार हटाउन लाभदायक मानिन्छ । यसले पिसाब खोल्छ । चना मुख्यत: किशोर र शारीरिक मिहिनेत गर्नेहरूका लागि पौष्टिक खाजा हो ।

चना भिजाएर वा अंकुरित गरी नियमित बिहान सेवनले शरीर स्फूर्तिवान् र शक्तिशाली हुन्छ । अंकुरित चना खानुका धेरै फाइदा छन् । अंकुरित चनाले धातुलाई पुष्ट, मांसपेशीलाई सुदृढ र शरीरलाई बज्रजस्तै कठोर बनाउने प्राचीन मान्यता छ । यसको सेवन छालाको रोगमा समेत लाभदायक मानिन्छ । अंकुरित चनाको सेवनले फोक्सो बलियो बनाउने मान्यतासमेत छ । कब्जियतको समस्या भएकाहरूको लागि अंकुरित चना राम्रो मानिन्छ । भिटामिन ‘सी’ को मात्रा बढी हुने भएकाले चनाले तौल बढाउँछ । यसले रगत वृद्घि गर्नुका साथै सफासमेत गर्छ । रगतमा कोलेस्ट्रोलको मात्रा कम गरेर मुटुको रोग हटाउनसमेत चना सहयोगी मानिन्छ । बालबालिकालाई महँगो बदामको सट्टा कालो चना खुवाउनाले उनीहरू स्वस्थ हुन्छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *