“ललितपुरमा अविश्वसनीय र दुःखद् घटना घट्यो,” – नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने

युवा क्रिकेटर सन्दीप लामिछानेले बिहीबार भएको ललितपुर घटना प्रति दुःख व्यक्त गरेका छन् । अहिले क्याराबिन प्रिमियर लिग (सीपीएल) खेल्न क्याराबिन राष्ट्र ट्रिनीटाड एण्ड टोबागोको ट्रिनीटाड सहरमा छन् । सीपीएलमा व्यस्त रहेका सन्दीपले रातो मत्स्येन्द्रनाथको रथयात्रा अगाडि बढाउने क्रममा बिहीबार पुलचोक क्षेत्रमा सुरक्षाकर्मी र रथयात्राका सहभागीबीच झडप भएपछि उत्पन्न तनावको विषयमा सामाजिक सञ्जालमा दुख व्यकत गरेका हुन् ।

उनले शुक्रबार बिहान ट्वीटरमा लेख्दै ललतिपुरमा जे भएको थियो त्यो नहुनुपर्ने बताए । ‘ललितपुरमा अविश्वासनीय र दुःखद् घटना घट्यो, जुन नहुनु पर्ने थियो’ उनले ट्वीटरमा लेखेका छन् । जात्राका क्रममा ललितपुरका स्थानीय र प्रहरीबीच झडप हुँदा आक्रोशित भीडले ड्यूटीमा रहेका ट्राफिक प्रहरीका जवानमाथि कुटपिट पनि गरेका थिए।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *