सन्दीप लामिछाने सम्मिलित टोली जमैका तलावाज (सिपिएल) को सेमिफाइनलमा प्रवेश

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने सम्मिलित टोली जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) को सेमिफाइनलमा प्रवेश गरेकाे छ । शुक्रबार बिहान सकिएको खेलमा बार्बाडोस ट्रिडेन्सलाई गुयानले ६ विकेटले पराजित गरेसँगै अन्तिम चारमा पुग्ने चारै टिमको टुंगो लागेको हो । पराजय भएसँगै बार्बाडोस अन्तिम खेल खेल्नुअघि बाहिरिएको छ।

यसअघि जमैका तलावाजविरुद्धको खेल वर्षका कारण रद्द भएपछि सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्स पनि बाहिरिएको थियो । बार्बाडोस र सेन्ट किट्स बाहिरिएसँगै अंक तालिकाको चौथो स्थानको जमैका सेमिफाइनलमा प्रवेश गरेकाे हाे । वर्षाको कारण खेल नतिजा विहिन भएपछि दुबै टिमले समान एक–एक अंक बाडेका थिए। ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट किट्सले ५ ओभर ४ बलमा ४६ रन बनाएको अवस्थामा वर्षा हुँदा खेल रोकिएको थियो ।

जमैकाले ८ खेलमा चार हार, तीन जित र एक बारबरीको नतिज सहित सात अंक जोड्दै चौथो स्थानमा छ । लिगमा बार्बाडोस र जमैकामध्ये १ टिम मात्र सेमिफाइनल पुग्ने अवस्थामा जमैकालाई अबको १ खेल जिते सेमिफाइनल पुग्न पर्याप्त हुनेछ । जमैकासँगै शीर्ष स्थानको ट्रिन्बागो नाइट राइडर्स, दोस्रो स्थानको गुयना र तेस्रो स्थानको सेन्ट लुसिया पनि सेमिफाइनलमा पुगिसकेका छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *