सन्दीपको टोली जमैका ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित

जमैका ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित भएको छ । ट्रिनबागोले मंगलबार राति भएको खेलमा सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाजलाई १९ रनले हराएको छ । सुरुवाती ब्याटिङ गरेको ट्रिनबागोले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो। विशाल लक्ष्य पछ्याएको जमैकाले पहिलो बलमै विकेट गुमाएपनि निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर एक सय ६५ रन जोडे। कप्तान आन्द्रे रस्सेलले २३ बलमा चार छक्का र पाँच चौकासहित ५० रन जोडे। कार्लोस ब्राथवैटले २६ र ग्लेन फिलिप्सले ४१ रन बनाए।

ब्राथवैट र रस्सेलबीच सातौँ विकेटका लागि ५।५ ओभरमा ६८ रनको साझेदारी भयो। ट्रिनबागोका बलर फावद आलमले दुई तथा ड्वेन ब्राभो, सुनिल नारायन, अकियल हुसेन र खेरी पायरले एक एक विकेट हात पारे। ७ खेलबाट १४ अंक भएको ट्रिनबागो सेमिफाइनल पुगिसकेको छ। तल्लावाज ७ खेलबाट ६ अंक जोडेर तालिकाको चौथो स्थानमा छ। पाँचौँ स्थानमा रहेको बार्बाडोस ट्राइडेन्ट्सको सात खेलबाट चार अंक छ। तेस्रो स्थानमा रहेको गुयाना एमाजनको पनि सात खेलबाट ६ अंक छ। यी तीनवटै टोलीले लिग चरणमा तीन तीन खेल खेल्न बाँकी छ। लिग चरणका शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन्।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *