नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भीडभाड नगर्न निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भीडभाड नगर्न निर्देशन दिदै जुनसुकै बैक तथा वित्तीय संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ । राष्ट्र बैंकले कोरोनाको प्रकोपको बढेको कारण बैंक तथा वित्तीय संस्थामा जाने अवस्था नभएकाले जुनसुकै संस्थाको एटीएम प्रयोग गर्न सक्ने भएकाले कुनै पनि प्रकारको शुल्क नलिन पुनः यस्तो निर्देशन दिएको हो । यसअघि पनि राष्ट्र बैंकले यस्तै निर्देशन जारी गरेको थियो ।

गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउनको समयमा राष्ट्र बैंकले त्यस्तो निर्देशन दिएको र बैंक तथा वित्तीय संस्थाले समेत पालना गरेका थिए । नेपाल राष्ट्र र्बैकका प्रवक्ता डा गुणाकर भट्टले एटिएम सेवालाई प्रभावकारी बनाउन बैकहरुलाई निर्देशन दिएको न्यूज २४ टेलिभिजनलाई जानकारी दिनु भयो । पछिल्लो पटक पुनः काठमाडौँ उपत्यकालगायतका विभिन्न स्थानमा कोरोनाको संक्रमण बढेको अवस्थामा नागरिकले सहज रुपमा बैंकिङ सेवा लिन पाउन र कुनै पनि प्रकारको शुल्क तिर्नु नपरोस् भन्ने उद्धेश्यले राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

बैंकहरुमा अनावश्यक भीड नगर्न र थोरै कर्मचारी राखेर भए पनि बैकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैकले नेपाल बैकर्स एशोशिएसनसंग समन्वय गरेको जनाएको छ । पछिल्लो पटक बैक तथा वित्तीय संस्थाहरुमा केही कम्पनीहरुको शेयरको आइपीयोको आवेदन फर्म भर्न सर्वसाधारणको भीड बढेको राष्ट्र र्बैंकले जनाएको छ । कठिन अवस्थामा सर्वसाधारणलाई सहज रुपमा बैकिङ सेवा प्रदान गर्न राष्ट्र बैकले भनेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *