सपीएल – जमैका ताल्लवाजको नेभिज प्याट्रियट्समाथि जित, सन्दीप लामिछानेले लिए २ विकेट

क्याराबिन प्रिमियर लिग(सपीएल)मा नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध जमैका ताल्लवाजले जित हात पारेको छ। शनिबार राति भएको खेलमा जमैकाले सेन्ट किट्स एन्ड नेभिज प्याट्रियट्समाथि ३७ रनको जित निकालेको हो । जमैकाले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स १९.४ ओभरमा १ सय १० रनमा अल आउट भयो । यस खेलमा सन्दीपले २ विकेट लिन सफल भए । ४ ओभर बलिङ गरेको उनले २७ रन दिएर २ विकट लिएका हुन् । क्वीन्स पार्क ओभलमा भएको खेलमा जमैकाले टस जितेरपहिले ब्याटिङ रोजेको थियो ।

जमैकाका लागि ओपनर ग्लेन फिलिप्स ७९ रन बनाए। ६१ बलमा ६ छक्का र २ चौका प्रहार गरेका उनी अन्तिमसम्म क्रिजमै रहे। त्यसपछि ब्लाकवुडले २७, बोनरले १६ र आसिफ अलीले १४ रनको योगदान गरे। १४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्सले १९.४ ओभरमा ११० रन बनाउँदै सबै विकेट गुमायो। जमैकालाई जित दिलाउने क्रममा कार्लोस ब्रेथवेटले सबैभन्दा उत्कृष्ट बलिङ गरे। ३.४ ओभर बलिङ गरेको उनले १ ओभर मेडनसहित ३ विकेट लिएर जम्मा ११ रन दिए। अघिल्ला खेलमा उत्कृष्ट बलिङ गरेका मुजिव रहमानले यस खेलमा पनि धेरै राम्रो बलिङ गरे। ४ ओभरमा जम्मा १२ रन दिएर १ विकेट लिए।

विरासामी परमलले २, फिडेल इडवार्डले २ र सन्दीपले २ विकेट लिए। १२औं ओभरमा मात्रै बलिङमा आएका सन्दीपले यस ओभरमा ७ रन र १४औं ओभरमा १० रन दिए। १६औ ओभरमा सन्दीपले १६ बलमा २१ रन बनाएर खेलिरहेका इभिन लुइसलाई रोभमान पावेलबाट क्याच गराइ यस पेभिलिएन पठाए। यस ओभरमा २ रन मात्रै दिए। १८औं ओभरको पहलिो बलमै सन्दीपको बलमा छक्का प्रहार गरेका न्युजिल्याण्डका इश सोधीलाई लगतै अर्काे बलमा सन्दीपले बोल्ड गरिदिए। यस ओभरमा ८ रन दिए। जमैकाले सीपीएलमा ६ खेलखेल्दा ३ मा जित र ३ मा हार व्यहोरेको छ। अकं तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *