सिपिएल – सन्दीपको उच्च प्रदर्शनका बाबजुद जमैका पराजित

जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा बार्बाडोससँग पराजित भएको छ । बिहीबार बिहान भएको प्रतियोगिताको पाँचौ खेलमा जमैकाले बार्बाडोस ट्राइडेन्टससँग ३६ रनले पराजित भएको हो । जमैकाको यो तेस्रो हार हो । नेपाली स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनका बाबजुद टोलीले जित हासिल गर्न सकेन । जितका लागि १ सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रनमात्र जोड्न सक्यो ।

सिपिएलमा सानदार प्रदर्शन गर्दै आएका सन्दीपले बार्बाडोसँगकाे खेलमा पनि उत्कृष्ट प्रदर्शन गरे । सन्दीपले ४ ओभरमा १६ रन मात्र दिँदै २ विकेट लिए । सन्दीपले राशिद खानलाई मुजिबको हातबाट शून्यमा क्याच आउट तथा एशले नर्सलाई २ रनको अवस्थामा बोल्ड गरेका थिए । जमैकाको लागि क्रुमा बोनरले ३१ रन, जर्मेन ब्लाकवुडले २८ रन जोडेका थिए । बोनरले २८ बलमा ३ चौका र १ छक्का प्रहार गरे भने जर्मेन ब्लाकवुडले २८ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए । अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् ।

चाडविक वाल्टन १० रन, आसिफ अली २ रन, मुजिब १८ रन, सन्दीप ४ रन र एडवार्ड्स २ रनमा नटआउट भए । बार्बाडोसका स्पिनरहरु राशिद खान र मिचेल सान्टनर, जेसन होल्डर र रेमन राइफरले २/२ तथा हेडन वाल्सले १ विकेट लिए । बार्बाडोसका लागि काइल मेयर्सले सर्वाधिक ८५ रनको योगदान दिएका थिए । उनले ५९ बलमा ३ चौका र ८ छक्का प्रहार गरेका थिए । कप्तान होल्डरले १४ बलमा १५ रन, मिचेल सान्टनर २० रन, मुजिब उर् रहमानले १४ रन जाेडेका थिए ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *