सीपीएल – सन्दीप लामिछानेको निरन्तर उत्कृष्ट प्रदर्शनसँगै जमैका तलवाजले एमेजन वारियर्सलाई ५ विकेटले जित्यो

क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सन्दीप लामिछाने आबद्ध टिम जमैका तलाबाज बिजयी भएको छ । सन्दीपको उत्कृष्ट प्रदर्शनसँगै जमैका तलवाजले एमेजन वारियर्सलाई ५ विकेटले जितेको हो । यसअघिका ३ खेलमध्ये एक खेलमा जीत र २ खेलमा पराजित भएको जमैकाले दोस्रो सफलता प्राप्त गरेको हो । आफ्नो टिम २ खेलमा पराजित भएपनि सन्दीपको प्रदर्शन भने लगातार उत्कृष्ट रहँदै आएको छ ।

खेल नेपाली समयअनुसार बुधबार बिहान सकिएको हो । खेलमा पहिले ब्याटिङ गरेको गुएनाले ९ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । त्यसमा सन्दीपले ४ ओभर बलिङ गर्दै १२ रन मात्र खर्चेर र एक विकेट लिएका थिए । सन्दीपले सेरफन रडरफोर्डको विकेट लिन सफल भएका थिए । जमैकाले भने जवाफमा १८ ओभरमा ५ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । जमैका अंकतालिकाको चौथो स्थानमा छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *