चितवनमा थाप १३ जनासहित २५ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि

चितवनको मात्रै १३ जनासहित २५ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मङ्गलबार गरिएको परीक्षणमा बुधबार बिहान चितवनका १३ जनासहित २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । चितवनका सङ्क्रमण पुष्टि हुनेमा भरतपुरका मात्रै १० जना छन् भने दुई जना माडी र एक जना राप्ती नगरपालिकाका हुन् । भरतपुर अस्पतालबाट गरिएको परीक्षणमा माडी नगरपालिका–५ र ३ का २५ र ७३ वर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै सोही अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–७ र २२ बस्ने २६ र ५० वर्षीय पुरुष, भरतपुर–११ बस्ने वर्ष ४५ की एक महिला रहेका छन् ।

यस्तै, नारायणी सामुदायिक हस्पिटलमा उपचाररत खैरहनी नगरपालिकाका ६१ वर्षीय पुरुष र राप्ती नगरपालिका–१ की १२ वर्षीया बालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । यस्तै भरतपुर महानगरपालिकाको वडा नंं.९, ४, २२, २५ र २६ नम्बर वडाका २१ देखि ४८ वर्ष उमेर समूहका छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधबार नै पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाका दुई महिलासहित १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेन्ट्रल हस्पिटलमा उपचाररत गोर्खाको मनकामना बस्ने ३० वर्षीया महिला र भरतपुर अस्पतालमा झापा दमक–३ बस्ने ३५ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ । रासस

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *