कमल थापाद्वारा सत्तारूढ दल नेकपालाई आपसमा मिलेर काम गर्न सुझाव

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई आपसमा मिलेर काम गर्न सुझाव दिनुभएको छ । सिंगो देश एकजुट हुनुपर्नेमा सत्तारुढ दल नै सत्तासंघर्षमा अलमलिनु दुर्भाग्यपूर्ण भएकाे भन्दै उहाँले आपसमा मिलेर काम गर्न सुझाव दिनुभएकाे हाे । अध्यक्ष थापाले सामाजिक संजाल ट्विटरमा लेख्नु भएको छ, ‘सीमा विवाद चरमोत्कर्षमा पुगेको, कोभिड-१९ महामारी व्यापक भएको र अर्थतन्त्र धराशायी हुँदै गएको बेला सिंगो देश एकजुट हुनुपर्नेमा सत्तारुढ दल सत्तासंघर्षमा अलमलिनु दुर्भाग्यपूर्ण छ। ५ बर्षको लागि जनताले बहुमत दिएका हुन्, आपसमा मिलेर काम गर्नुहोस् ।’

बालुवाटारमा हिजो बसेकाे नेकपा स्थायी समितिको बैठकमा नेकपाभित्रकाे ‘युद्धविराम’ भंग भएकाे थियाे । उक्त बैठकमा बोल्ने १८ जना सदस्यमध्ये १७ जनाले प्रधानमन्त्रीको नेतृत्व र कार्यशैली ठिक नभएको भन्दै अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने धारणा राख्नुभएकाे थियाे । अहिले पनि नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेकाे छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *