एसईई को नतिजा प्रकाशनका लागि तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनका लागि तयारी थालेको छ । लामो समयको लकडाउनका कारण सम्पूर्ण तयारी भइसकेको एसईई परीक्षा अन्तिम समयमा आएर रोकिएको थियो । सरकारले २०७६ सालकाे परीक्षा नलिने र आन्तरिक मुल्याङ्कनको आधारमा नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । सोही निर्देशन अनुरुप बोर्डले विद्यालयहरुलाई असार २० गतेभित्र प्राप्तांक तालिका शिक्षा विकास तथा समन्वय इकाई साविकको जिल्ला शिक्षा कार्यालयमा पठाउन अनुरोध गरेको छ ।

छिटो-छिटो प्राप्ताङ्क संकलन गरेर आगामी साउन १५ भित्रै एसईईको नतिजा प्रकाशन गर्ने तयारी भैरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार सबै विद्यालयहरुले आफ्नो कोड राखेर एक्सेल फम्र्याटमा विद्यार्थीले प्राप्त गरेको प्राप्तांक राखि मूल्यांकन समितिले तयार गरेको प्रमाणित प्राप्तांक तालिका (मार्क लेजर) असार २० गतेभित्र अनिवार्य रूपमा शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्नेछ । त्यसपछि संकलित तालिकालाई इकाईहरूले विद्यालयबाट प्राप्त विवरण र मूल्यांकन समितिले प्रमाणित गरेर पठाएको ‘मार्क लेजर’ जुधाएर प्रयोगात्मक र सैद्धान्तिक अंकसहित असार ३० गतेभित्र परीक्षा बोर्डमा पठाइ सक्नुपर्नेछ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *