काठमाडौैं उपत्यकामा आज पुनः १४ जनामा संक्रमण फेला

काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट संक्रमितको संख्या दिनानु दिन थपिदो छ । हिजो सोमबार काठमाडौैं उपत्यकाका आठ जनामा संक्रमण देखिदा आज पुनः १४ जनामा संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्दा मंगलबार एकै दिन काठमाडौं उपत्यकामा थप १२ जनामा कोरोना भाइरस संक्रमित देखिएका हुन् ।

थपिएका संक्रमित मध्ये काठमाडौंका १२ जना छन भने ललितपुर र भक्तपुरका १–१ जना रहेका छन् । काठमाडौं जिल्लामा ७ पुरुष र ५ महिलामा संक्रमण देखिदा ललितपुरका १ पुरुष र १ महिलामा पनि संक्रमण फेला परेको छ । उनीहरुको ठाउँ ठेगाना भने खुलाइएको छैन ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *